विश्व बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतले बढ्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

अमेरिका इरानको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेपछि मूल्य उकालो लागेको हो।

अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ डलर ८२ सेन्टले बढेर ७७ डलर ९८ सेन्ट पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ५.१५ प्रतिशतले बढी हो। त्यसैगरी, न्यूयोर्कस्थित बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य पनि ३ डलर ७० सेन्टले बढेर प्रतिब्यारेल ७४ डलर १४ सेन्ट पुगेको छ, जसमा ५.२५ प्रतिशतको वृद्धि भएको छ। यो मूल्य दुवै सूचकका लागि जुन २३ यताकै उच्च स्तर मानिएको छ।

अमेरिकाले इरानी कच्चा तेल बिक्रीको अनुमति दिने सामान्य इजाजतपत्र रद्द गरेपछि मंगलबार पनि तेलको मूल्य करिब ३ प्रतिशतले बढेको थियो।त्यसपछि ट्रम्पले इरानसँग थप वार्ताको सम्भावना नरहेको बताएपछि बजारमा अनिश्चितता झन् बढेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *