एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई  प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले काेइरीलाई पक्राउ गरेकाे हाे।

कोईरीलाई महाेत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक(डीएसपी) पञ्चलाल गोलेले बताए।

उनका अनुसार वि.सं. २०७२ भदौ २५ गते डिउटीमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बि.क.को हत्या गरेको भन्ने  कर्तव्य ज्यान मुद्दाको सम्बन्धमा उनलाई पक्राउ गरिएको हो ।

महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याएर उच्च अदालत जनकपुर बुधबार पाँच वर्ष कैद सजाय ठहर गरेको थियो। प्रहरीले सोही आदेश कार्यान्वयनका लागि कोइरीलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *