सात दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

लगातार सात दिन घटेको सेयर बजारमा आज बुधबार दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से ४४.५९ अंकले बढेर दुई हजार ६५२.९३ विन्दुमा कायम भएको हो। यो १.७० प्रतिशतको वृद्धि हो।

आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ। ९५ लाख ४७ हजार कित्ता सेयर तीन अर्ब ८६ करोड ११ लाख रुपैयाँमा खरिद–बिक्री भएको हो। अघिल्लो दिन तीन अर्ब २५ करोडको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ वटै समूहमा हरियाली छाएको छ। जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूह २ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। म्युचुअल फन्ड ०.५५ प्रतिशतले उकालो लाग्दा बाँकी समूह एक प्रतिशतभन्दा धेरैले बढेका छन्।

बढेको बजारमा स्नो रिभर्स, सिवाइसी नेपाल र भुजुङ हाइड्रोका लगानीकर्ता सर्वाधिक कमाउने सूचीको शीर्ष स्थानमा छन्। यी कम्पनी क्रमशः १४.९९, १४.२२ र १३.९० प्रतिशतले बढेका छन्। सर्वाधिक घटेका कर्पोरेट विकास बैंकका लगानीकर्ताले ५ तथा एनएमबि डिबेन्चर र धौलागिरी लघुवित्तका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन्।

कारोबार रकम र सेयर संख्याका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ। उक्त कम्पनीको १३ लाख ४५ हजार कित्ता सेयर २८ करोड ८४ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *