जापान र नेदरल्यान्डकाे खेल २–२ को बराबरीमा सकियाे

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विश्वकप समूह ‘एफ’ को खेलमा एसियाली मुलुक जापान र नेदरल्यान्डबीच खेल २–२ गोलको बराबरीमा सकिएको छ । अमेरिकाको डल्लास स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा अन्तिम समयमा गोल फर्काएर जापान हारबाट जोगिएको हो ।

मध्यान्तरअघिसम्म गोल नभइ सकिएको खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । खेलको ५० औं मिनेटमा रायन ग्रेभनबर्चको पासमा डिफेन्टर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्डलाई १–० को अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा जापानका केइतो नाकामुराले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि नेदरल्यान्डका लागि ६४ औं मिनेटमा क्राइसेन्सियो समरभिलले गोल गर्दै खेल २–१ को बनाए । निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा जापानका कोकी ओगावाले गोल गर्दै जापानलाई २–२ को स्थितिमा पुर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *