नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले लगातार दुई खेलमा शतक बनाउनुभएको छ । एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बिहीबार कुशलले शतक बनाएका हुन ।
यसअघि अघिल्लो खेलमा चीनविरुद्ध उनले शतक बनाएका थिए । सिंगापुरमा भएको खेलमा मलेसियाले टस जितेर फिल्ड रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालका लागि कुशलले ४४ बलमा शतक सय रन बनाएका थिए । विष्फोटक ब्याटिङ गरेका कुशलले ४४ बलमा १० चौका र सात छक्काको मद्दतमा सय रन पूरा गरे । मलेसियाविरुद्ध ५४ रनमा १४ चौका र आठ छक्काको मद्दतमा भुर्तेल १२६ रन बनाएर आउट भए ।
योसँगै कुशलले टी–२० मा नेपालका लागि तेस्रो शतक बनाएका हुन । यसअघि जेठ १७ गते भएको खेलमा भुर्तेलले चीनविरुद्ध शतक बनाएका थिए । उनले जारी एसियन गेम्स क्वालिफायरको पहिलो खेलमा चीनविरुद्ध १२९ रनको पारी खेली सकेका छन् ।
त्यसैगरी सन् २०२२ मा ओमानमा भएको खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय इनिङ्स खेलेका थिए । तीन शकत बनेसँगै भुर्तेल नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् । उनले दीपेन्द्रसिंह ऐरीको कीर्तिमानलाई तोड्दै यो नयाँ रेकर्ड बनाएका हुन् । २१ सय ४६ रनको दीपेन्द्रको कीर्तिमान तोड्दै कुशलले २२ सय ८८ रन बनाएका हुन् ।
