झापा इनर्जी प्लान्टमा आगलागी, छ करोड बराबरको क्षति

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

शिवसतासी नगरपालिका–४ फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’ मा आगलागी हुँदा करिब रु छ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार साेमवार दिउँसो २ः१० बजेको समयमा प्लान्टमा सल्किएको आगोका कारण त्यहाँ रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन् । सो इनर्जी प्लान्ट शिव सतासी नगरपालिका–९ दुधे बस्ने ५० वर्षीय लालप्रसाद साँवाको स्वामित्वमा रहेको छ ।

प्रहरी टोली, शिवसतासी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइसकेको उनले जानकारी दिए  । आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय शिवगञ्जबाट करिब पाँच किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *