फुर्सतमा र्राष्ट्रिय सभा छेन कुनै काम

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

सङ्घीय संसद्को माथिल्लो सदन यतिबेला विधेयकको पर्खाइमा छ । सधैँ समयको चापमा रमाउने राष्ट्रिय सभाले पछिल्लो पटक गत जेठ ८ गतेको बैठकबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ र सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित ग¥यो । करिब एक वर्षअघि अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक दर्ता भएयता राष्ट्रिय सभामा कुनै पनि विधेयक उत्पत्ति भएको छैन । विधेयक नहुँदा राष्ट्रिय सभामा विधायन व्यवस्थापनसम्बन्धी गतिविधि ठप्पै भएको छ ।

राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले जेठ १३ गते बुधबार बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रिय सभाको ‘बिजनेस’ बारे सरकारलाई आग्रह गर्ने बताए  । उनले भने , “वैकल्पिक विकास वित्त परिचालनबाहेक राष्ट्रिय सभामा तत्काल कुनै विधेयक छैन । यस अवस्थाबारे समिति बैठकमा सरकारको प्रतिनिधित्व गर्ने एवं पदेन सदस्यसमेत रहने कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बुधबारको बैठकमा जानकारी गराइने छ ।”

विधायन व्यवस्थापन समितिका सचिव झलक शर्मा सापकोटाले समितिमा विचाराधीन अवस्थामा कुनै पनि विधेयक नरहेको जानकारी गराए  । आगामी आर्थिक वर्षको कार्ययोजना बनाउन तथा ऐन कार्यान्वयन मापनसम्बन्धी कार्य अगाडि बढाउने गरी समितिको अबको बैठक केन्द्रित हुने उनले उल्लेख गरे  ।

राष्ट्रिय सभाबाट सन्देशसहित पठाइएकोबाहेक प्रतिनिधि सभामा हाल प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ हाल छलफल क्रममा छ । नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ सोमबार मात्रै दर्ता भयो । वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाको गत जेठ ७ गतेको बैठकबाट पारित गर्याे । अब सो विधेयक सन्देशसहित राष्ट्रिय सभामा पठाइने छ ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले राष्ट्रिय सभाको जेठ १३ गते बुधबारको बैठकमा सो विधेयक प्रस्तुत हुने उल्लेख गरे  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभाको जेठ १३ गते वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको छ । राष्ट्रिय सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक १५ दिनभित्र पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *