बेइजिङमा सी र ट्रम्पबिच वार्ता : साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठुला देशबिच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिए ।

राष्ट्रपति सीले दुई देशबिच मतभेदभन्दा साझा हितका विषयहरू बढी रहेको उल्लेख गर्दै एकको सफलता अर्कोका लागि अवसर हुने बताए ।चीन र अमेरिकाबिचको स्थिर सम्बन्ध विश्वका लागि लाभदायक हुने चर्चा गर्दै उनले सहकार्यबाट दुवै पक्षलाई फाइदा हुने र टकरावले दुवैलाई नोक्सानी पुग्ने धारणा व्यक्त गरे  ।

राष्ट्रपति सीले भने , “हामी प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । हामीले एक अर्कालाई सफल हुन र सँगै समृद्ध बन्न मद्दत गर्नुपर्छ ।”विश्वमा एक शताब्दीयता नदेखिएको परिवर्तनको गति तीव्र भइरहेको र अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर रहेको सन्दर्भ जोड्दै चिनियाँ राष्ट्रपतिले विश्व अर्को दोबाटोमा उभिएको बताए  ।

उनले चीन र अमेरिकाले ठुला शक्तिबिचको द्वन्द्वको जोखिमलाई पार गर्दै प्रमुख राष्ट्रहरूबिचको सम्बन्धको नयाँ नमुना तयार गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न आजको समयको मुख्य चुनौती रहेको उल्लेख गरे  ।

राष्ट्रपति सीले दुवै देशका जनताको हित र मानवताको भविष्यका लागि विश्वव्यापी चुनौतीहरूको मिलेर सामना गर्नुपर्नेमा जोड दिदै  सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि ऐतिहासिक र कोशेढुङ्गा सावित हुने वर्षका रूपमा हेर्न चाहेको समेत धारणा राखे ।

साभारः सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *