पत्रिका बन्द गर्न सांसद खरेललले दिएको धम्की असंवैधानिक मात्र होइन, निन्दनीयःमहासंघ

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सत्तारुढ दल रास्वपाका सांसद जगदीश खरेलले समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही वैशाख २८ गते संसद् बैठकमा बोल्दै खरेलले संवैधानिक हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनुलाई महासंघले असंवैधानिकमात्र होइन, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रूपमा लिएको छ ।’

सत्ताको आडमा सांसदले समाचारको विषयलाई लिएर फौजदारी मुद्दा बनाइ साइबर ब्युरोमा उजुरी गर्नु आपत्तिजनक कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न र भविष्यमा प्रेस स्वतन्त्रताविरोधी हर्कत नदोहोर्‍याउन खरेललाई महासंघले सचेत गराएको छ ।

यसैगरी बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश जारी भएको भन्दै महासंघले आदेशमा पुनर्विचार गर्न र प्रेसको संवैधानिक अधिकारको संरक्षण गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *