असार १ गतेदेखि एसईईको पूरक परीक्षा

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।  बोर्डका अनुसार पूरक परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ ।  नन–ग्रेडेड (एनजी) भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ ।

यस वर्षको एसईईमा नियमिततर्फ चार लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *