धादिङमा दुई बस ठोक्किए, १२ जना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् । धादिङको गल्छी ६, बैरेनीस्थित मूल सडकमा गएराति दुई बस आपसमा ठोकिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ३ को अवस्था गम्भीर छ ।  काठमाडौंबाट पोखरा र वीरगञ्ज जान लागेका दुई बस एकआपसमा ठोक्किएका थिए ।

घाइतेहरूलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *