विपिनको शव नेपाल पठाउनुअघि इजरायलद्वारा सम्मान

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इजरायलले हमासको बन्दी अवस्थामै हत्या गरिएका नेपाली युवक विपिन जोशीलाई सम्मान गरेको छ। आइतबार इजरायलको बेन गुरियन विमानस्थलमा जोशीको सम्मान गरिएको हो ।

विपिनको पार्थिव शरीर आज स्वदेश फर्काइँदै छ। उनी हमासले गरेको आक्रमणपछि बन्धक बनाइएका थिए । बन्धककै क्रममा उनकाे आतंककारी हमासद्वारा हत्या गरिएकाे थियाे ।

उनको रिहाइका लागि नेपाल सरकार र परिवारले निरन्तर प्रयास समेत गरेको थियो । ‘सिक्दै कमाउँदै’ कार्यक्रममा नेपालका विपिन जोशी २०८० मा इजरायल गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *