बर्षातले बिगारेकाे मेची राजमार्ग खुल्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध बनेको मेची राजमार्गअन्तर्गत माइखोलाको राजदुवाली क्षेत्रको सडक खण्ड मर्मत भएपछि मेची राजमार्ग सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय इलामले  एक सूचना जारी गर्दै असोज १८ गतेदेखि बन्द रहेको मेची राजमार्ग  सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत  हरिकुमार थापाले सूचना निकालेर मेची राजमार्ग सुचारु भएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले समेत सवारी सञ्चालन खुलेसँगै प्रहरी टोलीले सडक सुरक्षामा थप सतर्कता अपनाएको जानकारी दिए।

उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा अझै पनि कमजोर भौगोलिक संरचना रहेकाले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। डीएसपी भण्डारीले भने, ‘सडक सञ्चालनमा आए पनि लगातार वर्षा हुने सम्भावना भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै हामीले ट्राफिक प्रहरीलाई सतर्क रहन निर्देशन दिएका छौं।’

इलामको मुख्य राजमार्ग खुल्दा इलाम, झापा, पाँचथर र ताप्लेजुङ हुँदै आवागमन गर्ने यात्रुहरूलाई राहत पुगेको स्थानीयहरूले बताएका छन्। जिल्ला प्रशासनले मौसम र सडक अवस्थाबारे निरन्तर अनुगमन जारी राख्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *