आगजनी र लुटपाट सम्बन्धमा उच्चस्तरीय न्यायिक समिति बनाउने सरकारको निर्णय

अर्थ राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताए।

उनका अनुसार अहिले सैद्धान्तिक निर्णयमात्र भएको हो। ‘आज सैद्धान्तिक निर्णय भयो। कसको नेतृत्वमा को को सदस्य रहने विषयमा अर्को बैठकले निर्णय गर्छ। पूर्वन्यायाधीशको संयोजकत्वमा समिति बन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *