देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ। पछिल्लो एक घण्टामा लमजुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ। सो केन्द्रमा ११५.६ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै राजधानी काठमाडौं आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ।
यसैगरी, गोरखाको आरुघाटमा १७.१ , स्याङजामा १४.२ , सिन्धुपाल्चोकमा १५.२, डोटीमा १६.२ र बझाङको थलारामा ११.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केहि साना नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने पूर्वानुमान गरेको छ। आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको विभागले जनाएको छ।
