राप्रपा अध्यक्ष लिङ्देनले भेटे रवि लामिछाने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।सहकारी ठगीमा मुछिएका भैरहवा कारागारमा रहेका लामिछानेलाई लिङ्देनले आज दोस्रो पटक भेटेका हुन्।

भेटमा सन्चो-बिसन्चोदेखि राष्ट्रिय राजनीतिसम्मका कुराकानी भएको लिङ्देनले जानकारी दिएका छन्। ‘भेटमा सन्चो बिसन्चो, राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचनलगायत विविध पक्षमा कुराकानी भयो,’ लिङ्देनले भने।

लिङ्देनले लामिछानेलाई उनले रोजेको कारागारमै राख्न आग्रहसमेत गरेका छन्। ‘देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ,’ उनले फेसबूकमा लेखेका छन्।

उनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको पनि बताए। साथै, उनले गृहमन्त्री रमेश लेखकलाई रबिलाइ काठमाडौं सार्न आग्रहसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *