लिडरसीपको ‘फेलियर’ले लोडसेडिङ भइरहेको छ: निवर्तमान कार्यकारी निर्देशक घिसिङ

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लिडरसीपको ‘फेलियर’ले गर्दा लोडसेडिङ भइरहेको बताएका छन्। सन्चारकर्मीसंग कुराकानी गर्दै घिसिङले यस्तो बताएका हुन्।

‘पावर नपुगेर होइन, लिडरसीपको फेलियर हो यो। लिडरसीपले हेर्नुपर्छ, म्यानेजमेन्ट कहाँ गए, हेर्नुपर्छ, कहाँ के भइरहेको छ ? कुन ठाउँमा के भइरहेको छ,  म्यानेजमेन्टले काम गरिरहेको छ कि छैन ?,’ उनले भनेका छन्।

उनले पावर नपुगेर लोडसेडिङ भइनरहेको ठोकुवा गरे। बत्ती निर्यात गरिरहेको सन्दर्भमा नेपालभित्रै ३ देखि ५ घण्टा लोडसेडिङ हुनु दुखद् रहेको उनले बताए। ‘बत्ती नपुगेर लोडसेडिङ भएको होइन, बत्ती छ, हामीले अहिले एक्स्पोर्ट गरिरहेका छौँ, बत्ती बेचिरहेका छौँ। तर, यहाँभित्र तीन घण्टा, चार घण्टा, पाँच घण्टा बत्ती कटिरहन्छ। यो भनेको म्यानेजमेन्टले गम्भीर रूपमा रिभ्यू गर्नुपर्छ,’ उनले भने।

प्राधिकरणकै नेतृत्वमा रहेका घिसिङ २०८१ चैत ११ गते सरकारको बर्खास्तीमा परेका हुन्। त्यसयता सरकारले प्राधिकरणको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको छ। तर, पछिल्लो समय झ्यापझ्याप बत्ती गइरहने समस्या छ। यसबारे प्रश्न गर्दा घिसिङले लिडरसीपको फेलियर भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *