सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

कोशी राजमार्गअन्तर्गत यहाँको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ ।आज दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध […]

Continue Reading

शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

संसदमा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको  माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को आज भएको संयुक्त बैठकले  शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो । सङ्घीय संसद्को […]

Continue Reading

द्रुतमार्ग तोकिएको समयावधि भित्रै पूरागर्न सेनालाई राष्ट्रपतिको निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उनि मकवानपुरको बकैयामा पुगेका थिए  । उनले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिएका थिए  । नेपाली सेनाको प्रतिनिधिले अहिलेसम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । यसैबीच, […]

Continue Reading

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण […]

Continue Reading

ऐन तथा नियमावली उल्लङ्घन गरेमा १११५ मा जानकारी गरौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐन तथा नियमावली उल्लङ्घन गरेमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री नियन्त्रण गर्न बनेको ऐन तथा नियमावली उल्लङ्घन भएको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउन सबैमा अनुरोध गरेकाे छ […]

Continue Reading

विपक्षी दलको बैठक बस्दै, आजै संयुक्त पत्रकार सम्मेलन गर्ने

विपक्षी दलहरूको बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय भएको छ।  बैठकपछि विपक्षी दलले आजै  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होल्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। यसअघि हिजाे बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालको आह्वानमा सिंहदरबारमा  विपक्षी दलको बैठक बसेको थियो।ब‌ैठकले माओवादी केन्द्रका उप महासचिव वर्षमान पुन […]

Continue Reading

आगलागीमा परी ओलम्पिक पदकहरू भष्म

 गेरी हलको ओलम्पिक पदकहरू लस एन्जलसमा लागेको आगलागीमा परी नष्ट भएको छ। अमेरिकाका लागि स्विमिङमा प्राप्त ती पदकहरू आगोले भष्म भइसकेको उनले बताए। पासिफिक पालीसेड्समा गत साता आगलागी हुँदा उनको कुकुर, इन्सुलिन, उनका हजुरबाको पेन्टिङ र केही धार्मिक सामग्रीहरूमात्रै लिएर भाग्नु परेको उनले बताए। ५० वर्षीय पूर्व ओलम्पिक खेलाडी हलले बताए—३० सेकेन्ड बढी समयसम्म बसेको […]

Continue Reading

अफगानीसेनामा समिलिङ्गी सबन्ध बढ्दो, एड्स भेटियाे

अफगानिस्तानका तालिबान सेनामा एचआईभी पीडितको संख्या बढेको खुलासा भएको छ ।आफना सेनामा एचआइभी एड्स पीडित भेटिए पछि हैरान भएको तालिबान प्रशासनले हालै गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो। सो छापामारीको क्रममा त्यहाँ दुई जना केटा एक तहखानेमा बन्द अवस्थामा फेला परेका थिए। दुई दर्जनभन्दा बढी तालिबान लडाकुहरूले ती केटाहरूसँग एक साताभन्दा बढी समयदेखि यौन […]

Continue Reading

आजको मौसम

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो हुस्सु लागेको अवस्था छ। दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिक बदलीको सम्भावना […]

Continue Reading

भीरमा फसेका जर्मन नागरिकको उद्धार

सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए  । सगरमाथा आधार शिविर भ्रमणगरी लुक्लातर्फ फर्कनेक्रममा बाटो भुलिएर खच्चड […]

Continue Reading