पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् । पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र यो समुदाय दशकौँदेखि सुन्नी बहुसङ्ख्यक पाकिस्तानीको निशाना हुने गरेको छ […]

Continue Reading

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले  १५ दिन म्याद थप गरेको छ।  लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको रकम गोरखा […]

Continue Reading

उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएकाे छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा   मन्त्रिपरिषद्को मिति २०८१/८/६ को निर्णय बमोजिम  उल्लेखित उपनिर्वाचनमा नेपाली सेना परिचालन […]

Continue Reading

नेप्से १३.०३ अंकले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.०३ अंकले घटेको छ । परिसूचक ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८१ कम्पनीको सेयर मूल्य […]

Continue Reading

उपनिर्वाचन हुने क्षेत्रमा बिदादिन आयोगको आग्रह

यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले आग्रह गरेको छ । सम्बन्धित स्थानीय तह र वडा क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको हो । आइतबार बसेको आयोगको बैठकबाट बिदाको आग्रहसहितका निर्णय गरिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । “मिति २०८१ मंसिर १६ गते आइतबार […]

Continue Reading

मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई दुईलाख दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई थप एक लाख दिने निर्णय गरेको हो। मन्त्री […]

Continue Reading

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ  । सर्वोच्च अदालतले किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो ।  प्रसाईंको हकमा छोरा निराजन प्रसाईंले मङ्सिरको ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई […]

Continue Reading

गृहको आदेश अलपत्र, राजमार्गमा रोकिएन पटके कर

धरान : कोशी प्रदेशमा सञ्चालित यातायातका सवारीसाधनसँग नियमविपरीत जबरजस्ती पटके कर उठाउने कार्य अझै रोकिएको छैन। यस्तो पटके कर १४ जिल्लाका राजमार्गमा जारी छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पटके कर रोक्न लिखित निर्देशन दिएको थियो। यस्तै, कोशी प्रदेश सरकारले पनि सबै पालिकालाई राजमार्गमा पटके कर संकलन नगर्न लिखित निर्देशन दिएको थियो। तर केन्द्र […]

Continue Reading

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला

काठमाडौं । आजदेखि धरहरा व्यावसायिक रूपमा खुला भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब शुल्क तिर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव […]

Continue Reading

सहकारी ठगीको अर्को श्रृङ्खला

सहकारी क्षेत्रमा सधै आफू अनुकूलको समूहलाई गराउँदै आएको नेकपा एमालेको तत्कालीन सहकारी विभाग सचिव केबी उप्रेतीले २ अर्बभन्दा बढी ठगी गरेको घटनामा प्रभावकारी अनुसन्धान नभएको स्रोतको दावी छ । उनले नेतृत्व गरेको सहकारीमा अन्तरलगानी र बाह्य ऋण लिनेहरुको कारोवारको अनुसन्धान नै नभएको अवस्था छ । अझ गम्भिर प्रश्न त उनले राष्ट्रिय सहकारी बैंकमार्फत प्रवाह गरेको […]

Continue Reading