नेसनल गार्ड परिचालन गर्न राष्ट्रपति ट्रम्पलाई खुल्यो बाटो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा नेसनल गार्ड परिचालन गरेपछि त्यसका विरुद्ध परेको रिट अदालतले खारेज गरेको छ । अदालतले नेसनल गार्ड परिचालन र नियन्त्रणको अधिकार राष्ट्रपतिमा निहित रहने बताएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने नेसनल गार्ड परिचालन गर्ने राष्ट्रपतिको कदम अनुचित रहेको बताउँदै आएका थिए ।

अमेरिकी प्रशासनले ल्याएको आप्रवासन नीतिविरुद्ध लस एन्जलसमा प्रदर्शन चर्केपछि ट्रम्पले दुई हजार नेसनल गार्ड सैनिकलाई परिचालन गरेका थिए । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले नेसनल गार्ड सैनिकलाई परिचालन गर्नु‘गैरकानुनी’ र ‘अनैतिक’ भन्दै चर्को विरोध गरेका थिए । न्युसमले नेसनल गार्ड सैनिकलाई परिचालनलाई ‘लापरबाही’ र ‘आफ्ना सैनिकहरूप्रतिको अपमान’ भएको टिप्पणी गर्दै भनेका थिए, ‘यो तानाशाही राष्ट्रपतिको विकृत कल्पना पूरा गर्न आफ्ना देशवासी विरुद्धको सैनिक तैनाथी हो, यो सार्वजनिक सुरक्षाका लागि हुँदै होइन।’

अदालतले स‌ंघीय कर्मचारी र सम्पत्तिको रक्षा गर्ने अधिकार राष्ट्रपतिमा रहेको बताउँदै नेसनल गार्ड बोलाउनको कानुनी अधिकारमा कुनै अवरोध नरहेको उल्लेख छ । फैसलापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा राज्य वा स्थानीय प्रहरीले कुनै कारणवश काम गर्न नसकेमामा आफूहरूले त्यो सुरक्षा दिने बताउँदै यो विषय गेभिन (गभर्नर गेभिन न्युसम)को विषय मात्रै नभएर पूरै अमेरिका, यहाँका राज्य र जनताको भएको लेखेका छन् । उनले अदालती निर्णयलाई बधाई दिँदै लेखेका छन्, ‘आजको रात अमेरिका तपाईंहरुमाथि गर्व गर्छ ।’

३८ पृष्ठ लामो फैसलामामा न्यायाधीशहरुले राष्ट्रपति ट्रम्प न्यायिक समीक्षा भन्दा बाहिर हुन नसक्ने पनि उल्लेख गरेका छन् । गभर्नर न्युसमले भने सामाजिक सञ्जाल एक्समा ट्रम्प राजा नभएको र उनी कानुनभन्दा माथि नभएको टिप्पणी गरेका छन् ।

ट्रम्प प्रशासनले आप्रवासन नीति कार्यान्वयनको चरणमा इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले लस एन्जलसमा बसोबास गरिरहेका कागजातविहीन आप्रवासीलाई बासस्थानमै गएर छापा मार्न थालेपछि विशेषगरी दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरूले आन्दोलनको सुरुवात गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *