साफ यू-२०:नेपाल बंगलादेशसँग ४-० ले पराजीत

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना अधुरै रहेको छ। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको फाइनल सरहको निर्णायक खेलमा नेपाल आयोजक बंगलादेशसँग ४-० को फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको हो। उपाधिका लागि जित्नैपर्ने दबाबसहित मैदान उत्रिएको नेपाली टोलीले घरेलु टोलीविरुद्ध कमजाेर प्रदर्शन गर्याे ।

खेलको सुरुदेखि नै दबाबमा देखिएको नेपालले आठौं मिनेटमा पहिलो गोल खाएको थियो। नेपाली गोलकिपर अगाडि बढेको मौकामा बंगलादेशले खाली पोस्टमा गोल गर्दै सुरुवाती अग्रता लिएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि खेलमा फर्कने अवसर पाएन। बरु, बंगलादेशले नेपालमाथि निरन्तर दबाब बनाउँदै थप तीन गोल गर्‍यो र खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। फराकिलो जितसँगै बंगलादेशले घरेलु मैदानमा उपाधि उचाल्न सफल भयो।

जारी प्रतियोगितामा बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो। उसले लिगका सबै खेलमा जित हात पार्‍यो। नेपालले भने ४ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै उपविजेतामा सिमित हुन पुग्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *