२५५ युरो जरिवाना सहित रोनाल्डोलाई ३० दिनको खेल निलम्बन

पोर्चुगिज फुटबल महासंघ (एफपीएफ)) ले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ । बिबिसिमा उल्लेख भए अनुसार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर महासंघले रोनाल्डोमाथि कारबाही गरेको हो । ४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिससले आफ्नो वचन तोडेको र विश्वास उल्लंघन गरेको आरोप लगाउँदै टोली छाडेका थिए । अनुशासन समितिले […]

Continue Reading

युद्धको छायाबीच चुनावको तयारीमा इजरायल

हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन् । निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने सङ्केतसमेत दिनेछ । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली […]

Continue Reading

‘युक्रेन युद्ध अन्त्यका लागि पुटिनले गरे रुस, अमेरिका र चीनबीच शिखर वार्ताको प्रस्ताव’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न प्रस्ताव गरेका छन्।  अमेरिकी सञ्चारमाध्यम ‘वाल स्ट्रिट जर्नल’ ले जानकार स्रोतहरुलाई उद्धृत गर्दै आइतबार यस्तो खुलासा गरेको हो । तर अहिलेसम्म दुबै  देशका कुनै पनि अधिकारीले यस विषयमा सार्वजनिक टिप्पणी गरेका छैनन् […]

Continue Reading

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। ओमानको अलअमरेत क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको नेपालले २८० रन बनाएको हो। नेपालका लागि रोहितकुमार पौडेलले ८१ बलमा २ छक्का र २ चौकासहित ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ४ छक्का र ३ चौकासहित ६९ रन र देव खनालले […]

Continue Reading

यमन नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

यमनमा हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला साउदी अरबका दुई पाइलटको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।बीबीसी अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले  एक टोही हेलिकोप्टर प्राविधिक खराबीका कारण यमनको सीमाक्षेत्र नजिक दुर्घटनाग्रस्त भएको जनाएको छ। हुथी विद्रोहीसँग तनाव बढेपछि साउदी अरबले आफ्ना सैन्य कर्मचारीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको यो पहिलो […]

Continue Reading

क्यानडाको सैन्य शिविरमा भीषण आगलागी, चार सैनिकको मृत्यु, दर्जनौँ घाइते

क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । शनिबार स्थानीय समयअनुसार अपराह्न करिब ४ बजे क्यानडियन फोर्सेस बेस वेनराइटमा आगलागी भएको थियो । तीव्र हावाका कारण आगो छिटो फैलिएको स्थानीय प्रशासनले जनाएको […]

Continue Reading

शान्ति वार्ता अघि बढाउन रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले रुसलाई वार्ताको टेबलबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । आफू रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता गरिरहेको उनको भनाइ छ । ट्रम्पले प्रतिबन्ध लागू हुनुभन्दा दुई दिनअघि […]

Continue Reading

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

युरोपभर दैनिक उपभोग्य वस्तु र सेवाको बढ्दो महँगीविरुद्ध आक्रोशित हजारौँ नागरिकहरू सडकमा उत्रिएका छन्। फ्रान्समा गत सेप्टेम्बरमा विद्यार्थीहरुले थालेको आन्दोलनमा हिजाे शनिबारसम्म आइपुग्दा धेरै समूहहरु मिसिएका थिए । जसकारण, शनिबार ठूलो आगजनी, तोडफोड र हिंसाका घटना भए । तर, शनिबार विरोध प्रदर्शन फ्रान्समै मात्र सिमित थिएन । बेल्जियम, इटाली र पोर्चुगलमा पनि शनिबार बेग्‍ला-बेग्लै रुपमा […]

Continue Reading

जीबी राई नेपाल फर्कन चाहेको अडियो सार्वजनिक, परीक्षणको तयारीमा प्रहरी

सहकारी ठगी र संगठित अपराधको कसुरमा फरार रहेका जीबी राई ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो सन्देश सार्वजनिक भएको छ । एक डिजिटलले शनिबार सार्वजनिक गरेको अडियोमा राईले ‘सेयरधनी, बचतकर्ता, ऋणी र सरकार’ लाई सम्बोधन गर्दै सहकारी संस्था, कम्पनी र अन्य विषयवस्तुबारे जानकारी गराएका छन् । राईको भनिएको विज्ञप्तिमा विगतमा ‘तत्कालीन सरकारबाट सहयोग र सहकार्यको […]

Continue Reading

अमेरिकामा प्राथमिक विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार […]

Continue Reading