राजनैतिक दुष्परिणामका कारणाले शुरूभएकाे बैदेशिक राेजगारीकाे बाध्यताःदैनिक चार नेपालीको गुम्छ ज्यान

‘जाँदा आकाशमा र फर्कंदा बाकसमा’ चर्चित यो गीतले भनेझैँ वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्कनेक्रम चिन्ताजनक देखिएको छ । घरपरिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर बिदेसिएका युवा निर्जीव शरीर बनेर फर्कंदा उनीहरूका परिवारमा पर्ने पीडा हृदयविदारक छ । यस्तो पीडा दैनिक चार युवाको परिवारले भोग्ने गरेको तथ्याङ्कले देखाएको छ । राजनैतिक […]

Continue Reading

पराग्वेसँग पराजित जर्मनीको विश्वकप यात्रा समाप्त

चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ । पाराग्वेसँगको अचम्मलाग्दो हारपछि जर्मनीको विश्वकप यात्रा नकआउट चरणबाटै समाप्त भएको छ । जुलियो एन्सिसोले ४२ औं मिनेटमा हेडमार्फत् गरेको गोलले जर्मनी मध्यान्तर अघि १–० ले पछि परेको थियो । मध्यान्तरअघिसम्म जर्मनीको प्रदर्शन कमजोर थियो, तर दोस्रो हाफमा काई […]

Continue Reading

दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रि-क्वाटरफाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रङ्गशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक […]

Continue Reading

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ३६ सर्वसाधारणको मृत्यु

पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा परेर अफगानिस्तानमा कम्तिमा ३६ सर्वसाधारणको मृत्यु भएको छ । त्यस्तै, १ सय ६० जनाभन्दा धेरै सर्वसाधारण घाइते रहेको अफगानिस्तानका अधिकारीहरुले बताएका छन् । आइतबार राति पाकिस्तानले अफगानिस्तानका तीनवटा क्षेत्रमा अवाई आक्रमण गरेको थियो । पक्तिया, पक्तिका र कुनार प्रान्तमा आक्रमण गरिएको पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले बताएका छन् । अफगानिस्तानबाट सशस्त्र […]

Continue Reading

रोपाइँ छाडेर हात्ती धपाउन व्यस्त बाहुनडाँगीवासी

झापाको मेचीनगर–४, बाहुनडाँगीमा असारको मध्ये महिना अहिले खेतको हिलोभन्दा बढी जङ्गली हात्तीको पदचापले भरिएको छ । किसानका लागि वर्षभरि खाने अन्नबालीको आधार तयार गर्ने यही समय हो । खेतमा रोपाइँको चटारो हुनुपर्ने बेला यहाँका किसान भने दिनरात हात्ती धपाउन व्यस्त छन् । धानको बेर्ना खेतमा रोपिन पर्खिरहेका छन्, तर किसानका हातमा रोपाइँका बिउ होइन, साइरन र […]

Continue Reading

साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

साउदी अरबमा एक हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले आइतबार जानकारी दिएका छन्।साउदी प्रेस एजेन्सीका अनुसार सरकारी तेल कम्पनी ‘अरामको’ को स्वामित्वमा रहेको उक्त हेलिकप्टर पूर्वी तटीय सहर रास तानुरामा स्थानीय समय अनुसार बिहानको छ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परेर हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको पुष्टि भएको छ। सञ्चारमाध्यमका […]

Continue Reading

भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

इराकी सुरक्षा निकायले भ्रष्टाचार विरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । हालै प्रधानमन्त्री नियुक्त हुनुभएका अली अल–जैदीले पदभार ग्रहण गरेसँगै भ्रष्टाचार नियन्त्रण र राज्यको सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए  । उनको नेतृत्वमा सञ्चालन गरिएको यो अभियान आगामी महिना हुने अपेक्षित संयुक्त राज्य […]

Continue Reading

मेस्सीको जादु कायमै, इंग्ल्यान्डको बढ्दो आत्मविश्वास

विश्व फुटबल गोल, जित र हारको खेलमात्रै होइन । कहिलेकाहीँ एउटा खेलभित्र देशको सपना लुकेको हुन्छ, एउटा पुस्ताको आशा जोडिएको हुन्छ र कहिलेकाहीँ इतिहास बदल्ने अवसर पनि हुन्छ । नेपाली समयानुसार आइतबार बिहान सम्पन्न ‘फिफा विश्वकप २०२६’को समूह चरणको अन्तिम खेल यस्तै भावनाले भरिए । विश्वकपको पहिलो चरणलाई नाटकीयरूपमा अन्त्य हुँदै प्रतियोगिता अझ कठोर र […]

Continue Reading

फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आज  विमान दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको छ। न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ११ जना भएको हो। फ्रान्सेली टेलिभिजन बिएफएमटिभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर रहेका छन्। दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको वास्तविक समयमै निगरानी तथा […]

Continue Reading

भेनेजुएला भुकम्प : हालसम्म १,४४० को मृत्यु पुष्टि, ६९ हजार ९०० जना अझै बेपत्ता

 भेनेजुएलामा जुन २५ मा गएको दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । प्राप्त पछिल्लो विवरणअनुसार यस विपदा हालसम्म १,४३० जनाको मृत्यु पुष्टि भएको छ । यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरूका अनुसार ६८,९०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन् । उद्धार टोलीहरूले भग्नावशेषबाट […]

Continue Reading