विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे  । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्नुहुँदै खेल बराबरीमा ल्याए  । […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा […]

Continue Reading

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्नुभयो भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्नुभयो । अब अन्तिम १६ मा फ्रान्सले […]

Continue Reading

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार राति १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त […]

Continue Reading

फिफा विश्वकप : नर्वेलाई हराउँदै इतिहास रच्ने दाउमा आइभरी कोस्ट

फिफा विश्वकप अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत आज मंगलबार नर्वे र आइभरी कोस्ट प्रतिस्पर्धा गर्दैछन्। डलासमा हुन लागेको खेल नेपाली समय अनुसार १०ः४५ बजेबाट सुरु हुँदैछ। समूह ‘ई’ मा दोस्रो स्थान हासिल गर्दै आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा छनोट भएको हो। टोलीले आफ्ना पछिल्ला छ खेलहरूमध्ये पाँच जितेको छ। आइभरी कोस्टले युरोपेली टोलीहरू […]

Continue Reading

युरोपमा गर्मीको लहर तीव्र, नौ करोड बढी मानिस प्रभावित

युरोपमा तीव्र गर्मीको लहरका कारण आज नौ करोड ५० लाखभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ। एएफपीको विश्लेषण अनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको अनुमान गरिए पनि आज प्रभावित जनसङ्ख्या केही घट्ने देखिएको छ। यद्यपि युरोप (टर्कीबाहेक)का करिब पाँचमध्ये दुई जनाले ३० […]

Continue Reading

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई ‘आममाफी’

साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई ‘आममाफी’ दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई आममाफी दिएको हो । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ । नेपाल सरकारले साउदी सरकारको […]

Continue Reading

भेनेजुएलाको भूकम्प: ५ दिनपछि भग्नावशेषबाट युवकलाई जीवितै निकालियो

भेनेजुएलाको ला गुएरा राज्यमा भूकम्प गएको ५ दिनपछि २१ वर्षीय युवकलाई भग्नावशेषबाट जीवितै निकालिएको छ। काराबायेदा शहरमा भग्नावशेषमुनि ‘आरोन लेवी क्यान्टिलो वर्गास’ जीवित फेला परेका हुन्। एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेका अनुसार भेनेजुएला, मेक्सिको र एल साल्भाडोरका उद्धार टोलीहरूले ती व्यक्तिलाई जीवितै निकालेका हुन्। उनलाई अहिले विशेष चिकित्सा हेरचाह दिइँदैछ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले […]

Continue Reading

अमेरिका र इरानबीच दोहामा आज बैठक हुँदै, यी हुन् छलफलका विषय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मंगलबार इरानसँग कतारको राजधानी दोहामा बैठक हुने दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत उक्त कुराको जानकारी दिएका हुन्। इरानले भोलि दोहामा हुने बैठकको लागि अनुरोध गरेको छ,’ ट्रम्पले लेखे। यसअघि एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका […]

Continue Reading

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकप –२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित […]

Continue Reading