नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। ओमानको अलअमरेत क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको नेपालले २८० रन बनाएको हो।

नेपालका लागि रोहितकुमार पौडेलले ८१ बलमा २ छक्का र २ चौकासहित ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ४ छक्का र ३ चौकासहित ६९ रन र देव खनालले ६५ बलमा १ छक्का र ४ चौकासहित ५७ रन बनाए।

ओमानका शाह फैसलले ५ ,जय ओदेद्राले ३ र समय श्रीवास्तवले २ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *