विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको हिरासतलाई गैरकानुनी ठहर गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा राख्ने विशेष अदालतको आदेशविरुद्ध पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त निवेदनमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बिहीबार सुनुवाइ गर्दै रिट खारेज गर्ने […]

Continue Reading

विमानस्थलबाट ८२ लाख मूल्य बराबरको सुन र चाँदी बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ८२ लाख मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ । बरामद गरेको सुन तथा चाँदीका गरगहना परीक्षणका क्रममा सक्कली भएको पुष्टि भएको छ। गएको असार १६ गते जुत्ता, पाइन्ट, सारी र अन्य कपडा रहेको भनी लुकाइछिपाई ल्याइएको अवस्थामा बरामद गरिएका ती गरगहनालाई बिहीबार काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घ, क्षेत्रपाटीमा परीक्षण […]

Continue Reading

कर्णाली दुर्घटना अपडेट : गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ ।नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र. ०२-००१ ख. १०५५ नम्बरको फोर्स […]

Continue Reading

ट्रम्पसँगको विवादमा मेलोनीलाई युरोपेली नेताहरुको साथ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ । ट्रम्पको दबाबले युरोपेली नेताहरूलाई मेलोनीको पक्षमा उभिन प्रेरित गरेको विश्लेषकहरूले बताएका छन् । यससँगै रक्षा, सुरक्षा, व्यापार र विदेश नीतिमा युरोपेली एकता झन् बलियो बन्दै गएको आँकलन गरिएको छ । ट्रम्पले इटालीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै मेलोनीले आफ्नो ध्यान […]

Continue Reading

मन्त्रीपरिषद् बैठकका १० निर्णय (सूचीसहित)

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ ।  सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्नेसहित विभिन्न १० निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्ति गर्ने निर्णय गरेको हो । बैठकले नीतिगत […]

Continue Reading

सिटिइभिटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कारखानाका सहसंस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दीपेश्वरमान श्रेष्ठ […]

Continue Reading

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा  बसेको मन्त्रिपरिषद् बैठकले रावललाई संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कैलालीका रावललाई सञ्चारमन्त्रालयको सिफारिसमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । सूचना तथा […]

Continue Reading

कर्णाली नदिमा गाडी बेपत्ता: एक जनाको शव भेटियो

कर्णाली नदीमा खसेको गाडीमा सवार एक जनाको शव फेला परेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा बिहीबार भएको दुर्घटनाको उद्धारका क्रममा नदीबाट एउटा शव निकालिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन । सुर्खेतबाट कालीकोटको रास्कोट नगरपालिकाका लागि छुटेको यात्रुवाहक कर्णाली प्रदेश ०३–००१ ख. १०५५ नम्बरको उक्त गाडी […]

Continue Reading

बोस्नियाको सामना गर्दै अमेरिका

सह–आयोजक अमेरिकाले विश्वकप २०२६ को अन्तिम ३२ को चरणमा आज बिहीबार बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्दैछ । खेल सान फ्रान्सिस्को बे एरिया स्टेडियममा हुँदैछ । अमेरिका लगातार चौथो पटक विश्वकपको नकआउट चरणमा खेल्दैछ । तर अमेरिकालाई लगातार चौथो पटक नकआउट चरणको पहिलो खेलमै हार बेहोर्ने डर पनि रहने छ । लिग चरणमा अमेरिकाले समूह ‘डी’को विजेता […]

Continue Reading

इरान र अमेरिकाबीच दोहामा अप्रत्यक्ष वार्ता

अमेरिका र इरानबीच हर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापन तथा दीर्घकालीन युद्धविराम सुनिश्चित गर्ने विषयमा बुधबार कतारको दोहामा अप्रत्यक्ष वार्ता भएको छ । वार्ताबारे प्रत्यक्ष जानकारी भएका एक स्रोत र एक इरानी अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्ससँग यसको पुष्टि गरेका हुन् । गत महिना सम्पन्न १४ बुँदे अन्तरिम सम्झौताअनुसार वार्ता अघि बढाइएको हो । उक्त सम्झौतामा इरान–अमेरिकाबीचको युद्ध रोक्ने, हर्मुज […]

Continue Reading