भेनेजुएलामा भूकम्पको ८ दिनपछि भग्नावशेषबाट एक पुरुषको जीवितै उद्धार

भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको आठ दिनपछि एक पुरुषलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। १४० टनभन्दा बढी भग्नावशेषमुनि थुनिएका हेर्नान गिललाई उद्धारकर्ताहरूले चमत्कारिक रूपमा जीवितै बाहिर निकाल्न सफल भएका हुन्। उनलाई पहिचान गरिएको १०० घण्टाभन्दा बढीको निरन्तर र जोखिमपूर्ण प्रयासपछि उद्धार गरिएको हो। चिलीका एक फायरफाइटरले यस अभियानलाई ‘आफ्नो जीवनकै सबैभन्दा जटिल र प्राविधिक रूपमा […]

Continue Reading

होटल अनुगमन तीव्र, चार होटललाई जरिवाना

राजमार्ग क्षेत्रका होटलमा स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्य सामग्रीको उत्पादन तथा विक्री वितरण भइरहेको गुनासो आएपछि मधेश प्रदेश सरकारले होटलको अनुगमन तीव्र बनाएको छ ।  मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा बिहीबार जनकपुर ढल्केबर सडक खण्डमा पर्ने डेढ दर्जन होटलको अनुगमन गर्दा होटलको किचेन सफा नरहेको, खानाको परिकार बनाउँदा प्रतिबन्धित तेलको प्रयोग गर्ने […]

Continue Reading

सार्वजनिक यातायातको भाडा घट्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरी  दुई प्रतिशत घटाएको छ । इन्धनको मूल्य घटेपछि विभागले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । बिहीबारदेखि लागु हुने गरी यात्रुवाहक सवारी, पहाड र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर दुई प्रतिशतले घटेको विभागले जनाएको छ । विभागका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर ४३ रुपियाँको गिरावट छ । […]

Continue Reading

पेट्राेलकाे कृत्रिम अभाव देखाइ पम्प बन्द गर्ने लाइ १० लाखसम्म जरिवाना

सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई लाखौँ जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो । पेट्रोल पम्पका कारण बुधबार देशभर इन्धन बिक्रीवितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको […]

Continue Reading

देशभर असारे वर्षा

फैलिएको मनसुनी प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा असारे वर्षा भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षाको क्रम अर्को साताको मध्यसम्म कायम रहने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । झरी परेसँगै रोपाइँमा लागेका किसानमा हर्ष छाएको छ । देशभरिका खेतबारीमा पानी पुग्दा रोपाइँ सहज भएको महसुस किसान वर्गले गरेका छन् । किसानका खेत […]

Continue Reading

एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई  प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले काेइरीलाई पक्राउ गरेकाे हाे। कोईरीलाई महाेत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक(डीएसपी) पञ्चलाल गोलेले बताए। उनका अनुसार वि.सं. २०७२ भदौ २५ गते डिउटीमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बि.क.को हत्या […]

Continue Reading

पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ ‘हेर्दाहेर्दै’ मा

टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा भोलिका लागि पेसीमा राखिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो । पूर्वमन्त्री […]

Continue Reading

यी स्थानमा राति भारी वर्षाको सम्भावना

बिहीबार दिउँसो काठमाडौँ उपत्यकासहित आसपासका पहाडी जिल्लामा भारी वर्षा भएपछि रातिको समयमा पनि देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार राति देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा […]

Continue Reading

अमेरिका, बेल्जियम र इग्ल्यान्ड अन्तिम १६ मा

बुधबार राति र बिहीबार बिहान भएका खेलहरुमा अमेरिका, बेल्जियम र इग्ल्यान्ड विजयी भएका छन् । बिहीबार बिहान भएको खेलमा अमेरिकाले बोसेनियालाई २–०, बेल्जियमले सेनेगललाई ३–२ र इग्ल्यान्डले डिआर कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार बिहान भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित […]

Continue Reading

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन […]

Continue Reading