देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा विभिन्न पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा तराईका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा […]

Continue Reading

मधेस प्रदेश सभाको बैठक बिहीबारसम्म स्थगित

प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुको अवरोधका कारण  बुधबारको  स्थगित भएको मधेश प्रदेशसभाको बैठक अाज दिउसाे १ः०० बजे वस्ने भएकाे छ  । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवको अध्यक्षतामा बुधवार बसेको  बैठक प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य उपेन्द्र महतोले मधेश प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३—८४ को बजेट मन्त्रीमुखी र सत्ता पक्षका सांसदमुखि […]

Continue Reading

संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा

सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ । गत चैत १६ गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वमा कार्यदल गठन भएको थियो । कार्यदलले सबै सरोकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो । संविधान संशोधन कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले असार मसान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिदै संविधानका प्रावधानसहित प्रत्येक (बुँदा) […]

Continue Reading

फ्रान्समा मात्रै गर्मीले १ हजार बढीको मृत्यु

युरोप हाल रेकर्ड तोड्ने गर्मीको चपेटामा परेको छ। दक्षिणपश्चिम युरोपबाट सुरु भएको यो गम्भीर गर्मीको लहर अहिले पूर्वी युरोपसम्ममा फैलिएको छ, जसले दैनिक नयाँ तापक्रम रेकर्डहरू कायम गरिरहेको छ। फ्रान्स, इटाली, स्पेन, पोल्याण्ड, चेक गणतन्त्र र लिथुआनिया लगायत धेरै युरोपियन देशहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यस तातो हावाको लहरका कारण हालसम्म युरोपमा […]

Continue Reading

जिल्लाबाट सफाइ पाएका एमाले पूर्वसांसद लक्ष्मी महतो दोषी ठहर, लोसपा सांसद शर्माको सजाय घट्यो

सशस्त्र प्रहरी बल नेपालका असइ थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीबाट भएको फैसला आंशिक उल्ट्याएको छ ।  उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको बुधबारको संयुक्त इजलासले दुई पूर्वसांसदसहित ६ जनालाई पाँच वर्ष कैद, तीनजनालाई जन्मकैद फैसला सुनाएको हो । जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका निलम्बित […]

Continue Reading

बागमतीका पाँच समस्याग्रस्त सहकारीकाे बचत फिर्ता प्रक्रिया तत्काल सुरु गरिने

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएको छ। सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकमका आधारमा साना बचतकर्तालाई प्राथमिकतामा राख्दै सूचना प्रकाशन गरेर रकम फिर्ताको प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बुधबार बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको […]

Continue Reading

एन्फा निलम्बनका कारण नेपालले गुमायो तीन प्रतियोगिता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपालले तत्काललाई तीन अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले बुधबार फिफाले एन्फा महासचिव किरण राईलाई सम्बोधन गरेको पत्र सार्वजनिक गरेका हुन्। फिफाले गत ११ असारमा एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो। शाहले सार्वजनिक गरेको पत्र ११ असार (निलम्बन पछि)को रहेको छ। शाहले त्यही […]

Continue Reading

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिविं) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गेका हुन । यसैगरी, सेवा आयोगको सदस्यमा प्रा डा रेजिना मास्के नियुक्त भएकि छन् । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र […]

Continue Reading

जर्मनीको हेरचाह केन्द्रमा गोली चल्दा ६ जनाको मृत्यु

जर्मनीको उत्तरी शहर स्टेड शहरस्थित आमा र बालबालिकाका लागि खोलिएको एक हेरचाह केन्द्रमा गोली प्रहार हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । ५ जना व्यक्तिको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस घटनामा धेरै मानिसहरु घाइते रहेको प्रहरीले जनाएको छ । केहीको अवस्था गम्भीर छ । मृतक सबै […]

Continue Reading

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारले सरकारी कामकाजसँग सम्बन्धित आधिकारिक कागजातहरू मोबाइल स्क्यानिङ एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रमा डिजिटल सुरक्षा, तथ्याङ्क गोपनीयता र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। परिपत्रअनुसार बजारमा उपलब्ध बाह्य मोबाइल स्क्यानिङ एपहरू (जस्तै क्याम स्क्यानर) प्रयोग गर्दा […]

Continue Reading