धोबिघाटदेखि चोभारसम्म चिनियाँको गोप्य नेटवर्क, नेपाली कम्पनी भाडामा लिएर गर्थे अवैध गतिविधि

पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरूले नेपालीको नाममा दर्ता भएका कम्पनी भाडामा लिएर शंकास्पद गतिविधि सञ्चालन गरेको खुलेको छ। अध्यागमन विभागले ललितपुरको धोबिघाट र काठमाडौंको चोभारमा खान तलासी गरेर ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। भिसाको दुरुपयोग गरेर अवैध गतिविधि गरिरहेका १८ वटा चिनियाँ राहदानीसमेत नियन्त्रणमा लिइएको विभागले जनाएको छ। अध्यागमन विभागका निर्देशक तथा […]

Continue Reading

म्यान्माको द्वन्द्वमा मृतक संख्या एक लाख नाघ्यो

म्यान्मामा सन् २०२१ को सैन्य तख्तापलटपछि सुरु भएको गृहयुद्धमा मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । द्वन्द्वसम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क (एसिएलइडी) का अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा एक लाख १४ जनाको ज्यान गएको छ । विश्लेषकले यसलाई अहिले एसियाकै सबैभन्दा घातक सक्रिय द्वन्द्वका रूपमा वर्णन गरेका छन् […]

Continue Reading

पश्चिम बंगालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

भारतको पश्चिम बङ्गालस्थित एक पेट्रोकेमिकल प्लान्टमा आज भएको आगलागीमा कम्तीमा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आगलागी हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित प्लान्टको नेफ्था पाइपलाइनमा भएको थियो । पश्चिम बङ्गालको पूर्वा मेदिनीपुर जिल्लास्थित उक्त क्षेत्रमा तीव्र रूपमा आगो फैलिएको थियो । प्रहरीका अनुसार आगो नियन्त्रणका लागि १२ […]

Continue Reading

सात दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि

लगातार सात दिन घटेको सेयर बजारमा आज बुधबार दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से ४४.५९ अंकले बढेर दुई हजार ६५२.९३ विन्दुमा कायम भएको हो। यो १.७० प्रतिशतको वृद्धि हो। आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ। ९५ लाख ४७ हजार कित्ता सेयर तीन अर्ब ८६ करोड ११ लाख रुपैयाँमा खरिद–बिक्री भएको हो। अघिल्लो दिन […]

Continue Reading

समयमै बजेट ल्याउन नसक्ने २३ स्थानीय तहसँग सरकारले माग्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, […]

Continue Reading

विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे  । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्नुहुँदै खेल बराबरीमा ल्याए  । […]

Continue Reading

पटक-पटक म्याद थप्दा पनि काम नभएपछि मध्यपहाडी राजमार्गको ठेक्का तोडियो

सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। असार ११ गते  सार्वजनिक सूचना प्रकाशन गरी मध्यपहाडी राजमार्ग आयोजनाले ठेक्का रद्द गरेको हो। निर्माणको काम अलपत्र पारेर छोडेका ठेकेदारसँगको सम्झौता रद्द भएपछि याङवरक क्षेत्रका नागरिकले राहतको अनुभूति गरेका छन्। वर्षौंदेखि सडक निर्माणको नाममा दुःख पाएका नागरिकले […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा […]

Continue Reading

एकीकृत संयन्त्र तयारी अवस्थामा

मनसुनजन्य विपत् बाढीपहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज, उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसुनजन्य विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ कार्यान्वयन अन्तर्गत एकीकृत विपत् व्यवस्थापन संयन्त्रलाई उच्च तयारी […]

Continue Reading

देशभर मनसुन सक्रियः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान […]

Continue Reading