सर्लाहीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था चिन्ताजनक

सर्लाहीको गोडैतामा शुक्रबार एकजनाले शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेका छन् । उनको अवस्था गम्भीर छ ।गोडैता-१० का ४२ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरीका डीएसपी बेदप्रसाद गौतमका अनुसार आगोले मण्डलको शरीरका अधिकांश भाग जलेको छ । मण्डलको मलंगवा अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि […]

Continue Reading

भारतमा पहिरोमा परी सातको मृत्यु, एक जना बेपत्ता

भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको उद्धारकर्ताले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् । पछिल्लो उद्धार प्रयासपछि एक जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब ४८८ किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै  भारी […]

Continue Reading

सरकारले दिन सकेन मल, आफैं ल्याउँदा पक्राउ पर्छन् किसान

सर्लाहीको बलरा–५ का दुई किसान ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंहले गत १७ असारमा सीमापारि सीतामढी जिल्लाको सोनवर्षा बजारबाट रासायनिक मल किनेर ल्याउँदै थिए । उनीहरूलाई कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को टोलीले बाटैमा पक्राउ गर्‍यो । आरोप लगायो– मल तस्करको । पक्राउपछि सिंह दाजुभाइलाई सोनवर्षा थानामा बुझाइयो । अहिले उनीहरूलाई सीतामढी जिल्लाको डुमरा […]

Continue Reading

नेपाली मृत्यु प्रकरण: सदन र सडकमा प्रधानमन्त्रीको राजीनामा माग

मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरिएको छ। प्रदर्शनमा उत्रिएका युवा र संसद्मा आवाज उठाएका सांसदले राजीनामा माग गरेका हुन्। काठमाडौंको त्रिपुरेश्वरमा हिजाे बिहीबार महानगर प्रहरीसँग विवादपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। यही घटनालाई […]

Continue Reading

दक्षिण कोरियाका पूर्व राष्ट्रपति योनमाथिको सात वर्षे जेल सजाय सर्वोच्चद्वारा सदर

दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार पूर्व राष्ट्रपति योन सुक यीओलमाथिको ७ वर्षे जेल सजाय सदर गर्ने निर्णय गरेको छ ।सन् २०२४ मा मार्शल ल घोषणा गरेर लोकतन्‍त्रलाई कमजोर बनाउने तथा राजनीतिक अस्थिरता सिर्जना गर्ने काम गरेको आरोपमा उनिमाथी याे सजाय ताेकिएकाे हाे ।   ‘सबै अपिलहरु खारेज गरिएको छ,’ एक शीर्ष न्यायाधिसले टेलिभिजन सम्बोधनमा भने । उनले […]

Continue Reading

चीनमा बाढीका कारण ३९ जनाको मृत्यु, नौ बेपत्ता

दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेर ३९ जना पुगेको  र नौ जना अझै बेपत्ता रहेको चीनको सरकारी मिडियाले जनाएको छ । चरम मौसम प्रकोपले यस हप्ता दक्षिणी र मध्य चीनमा विनाश गरेको छ भने गुआङ्सीमा भारी वर्षाका गम्भीर बाढी आएको जनाइएको छ । पछिल्लो समयमा बावी नाम दिएको आँधी पूर्वी […]

Continue Reading

सन्तान जन्माउने प्रतिस्पर्धामा अर्बपति इलोन मस्कदेखि टेलिग्रामका संस्थापक पाभेल डुरोभसम्म

विश्वका विकसित मुलुकहरूमा जन्मदर ऐतिहासिक रूपमा घटिरहेका बेला केही अर्बपतिहरू भने आधुनिक प्रविधि र अपार सम्पत्तिको सहारामा धेरैभन्दा धेरै सन्तान जन्माउने होडमा लागेका छन्। यस प्रवृत्तिलाई अहिले किडम्याक्सिङ नाम दिइएको छ। किडम्याक्सिङ भन्नाले आफ्ना सन्तानको संख्या बढाएर शक्ति, प्रभाव, वंश र भविष्यमा आफ्नो उपस्थिति विस्तार गर्ने सोचलाई जनाउँछ। एकातिर सामान्य परिवारहरू सन्तान जन्माउन वा आईभीएफ […]

Continue Reading

अबदेखि कर्मचारीको खराब आचरण व्यक्तिगत अभिलेखमै राखिने

अब निजामती कर्मचारीहरूको नकारात्मक आचरण तथा उनीहरूबाट भएका अनुशासन उल्लङ्घनका घटनाहरू उनीहरूको व्यक्तिगत अभिलेखमै राखिने भएको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार राष्ट्रिय किताबखानाले यस्तो अभिलेख राख्न सुरु गरेको हो। राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार दुई दिनअघि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाट किताबखानालाई यस्तो निर्देशन आएको हो। राष्ट्रिय सतर्कता केन्द्र र निजामती किताबखानाको […]

Continue Reading

सातै प्रदेशमा भारी देखी अति भारी वर्षाकाे संम्वाभना

आज शुक्रबार देशभर अधिकांश बादल लाग्ने तथा देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ। विभागका अनुसार देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा […]

Continue Reading

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

क्लियन एम्बाप्पे र ओस्मान डेम्बेलेले १–१ गोल गरेपछि फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। आज शुक्रबार बिहान बोस्टनमा रहेको गिलेट स्टेडियममा भएको खेलमा एम्बाप्पेले ६०औँ मिनेटमा प्रतियोगिताको आफ्नो आठौँ गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि डेम्बेलेले अर्को गोल थपेर फ्रान्सको जित सुनिश्चित गरे। यस जितसँगै सन् २०१८ को विश्वकप […]

Continue Reading