काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (फोटोफिचर)

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

शुक्रबार बिहानैदेखि बदली भएको मौसममा समय–समयमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्री, सवारीचालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।

वर्षाका कारण उपत्यकाका मुख्य तथा भित्री सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ । सडकमा पानी जम्दा सवारीसाधन सञ्चालनमा समेत समस्या देखिएको छ भने दैनिक कामकाजका लागि घरबाहिर निस्किएका सर्वसाधारण प्रभावित भएका छन् ।

चक्रवातको अप्रत्यक्ष प्रभावका कारण नेपालमा मौसम बदली भई वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ । मौसममा आएको परिवर्तनसँगै चिसोसमेत बढेको छ ।

लगातारको वर्षालाई ध्यानमा राख्दै नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक कामबाहेक जोखिमपूर्ण स्थानमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।

साभारः गाेरखापत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *