बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पुर्‍याएको छ भने विद्युत् […]

Continue Reading

मनसुन विपतमा प्रहरीको ‘मिसन उद्धार’

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य जलजन्य विपत्को जोखिम बढ्न थालेपछि नेपाल प्रहरीले देशभर उद्धार तथा प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ । सम्भावित विपत्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रहरीले १० हजार ८५ जना जनशक्तिलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्दै ‘मिसन उद्धार’ अभियान सञ्चालन गरेको छ । राष्ट्रिय विपत् […]

Continue Reading

पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा […]

Continue Reading

अविरल वर्षाले पृथ्वीराजमार्ग उच्च जोखिममा

मनसुन सक्रिय भएसँगै पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड अत्यन्तै जोखिमपूर्ण बनेको छ । राजमार्ग स्तरोन्नतिका लागि भइरहेको कटान र लगातारको वर्षाका कारण तनहुँ खण्डका दर्जनौँ स्थानमा पहिरो खस्ने र ढुङ्गा खसिरहने जोखिम बढेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मुसेखोला, घाँसीकुवा, छिर्कने, देउराली, विमलनगर, ढापटार लगायतका दर्जनौँ ठाउँमा पटक–पटक […]

Continue Reading

६७ जिल्लाका २४ हजार पीडितलाई ‘न्याय दिने’ प्रतिवेदन कार्यान्वयनमा

सरकारले ६७ जिल्लाका २४ हजारभन्दा बढी मिटरब्याजपीडित नागरिकलाई न्याय दिन सिफारिस गरिएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकको निर्णयसँगै वर्षौंदेखि न्यायको माग गर्दै आन्दोलनरत मिटरब्याजपीडितहरूमा नयाँ आशा जागेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले आयोगले दिएका कानुनी, नीतिगत र संस्थागत सुधारका सिफारिस कार्यान्वयन गर्ने बाटो खुला […]

Continue Reading

बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने

बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको हो । निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले बुधबारदेखि […]

Continue Reading

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी, पाण्डेलाई ४ वर्ष र खाँणलाई २ वर्ष कैद (कसलाई कति सजाय ?)

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई २ वर्ष, एमाले नेता टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार, रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ र सचिव पाण्डेलाई ४ वर्ष कैद […]

Continue Reading

पूर्व-पश्चिम राजमार्गमा बस ठोक्किँदा २४ जना घाइते

 वाणगङ्गा नगरपालिका–७, घेरुवा बनगाईस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दुई वटा यात्रीवाहक बस एकापसमा ठोक्किँदा २४ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९०७७ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ९८७६ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट वरिष्ठ […]

Continue Reading

बाढीपहिराेले आठ राजमार्ग अवरुद्ध

विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् । बाढीपहिरोले पूर्ण रूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका–२ हुलाकी राजमार्ग सडकखण्डमा पर्ने ढेडु खोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुध्द भएकोमा आज दिउँसोदेखि पूर्ण रूपमा […]

Continue Reading

राति यात्रा नगर्न प्रशासनको आग्रह

अविरल वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मङ्गलबार साँझदेखि बुधबार बिहानसम्म केही मुख्य सडकमार्गमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । प्रशासनले हेटौँडा–भैँसे–काठमाडौँ सडक खण्ड र हेटौँडा हुँदै काठमाडौँ जाने कान्ति राजपथमा असार ३० गते साँझ ६ः३० बजेदेखि असार ३१ गते बिहान ५ः०० बजेसम्म […]

Continue Reading