बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए  । उनका अनुसार कालीगण्डकीको बहाव बढेपछि शालिग्राम […]

Continue Reading

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो । सोमबारदेखिको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । सडक अवरुद्ध हुँदा पोखरा, काठमाडौं जाने सवारीसाधान […]

Continue Reading

यी ६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम

बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च सम्भावना छ। यसैगरी पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, […]

Continue Reading

शङ्कास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय संसदमा उठ्यो

प्रतिनिधि सभा बैठकमा शङ्कास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय उठेको छ ।आजको बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरे । हेर्दा यो साङ्केतिक रूपमा सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैसलाको राज्य आतंकको सुरुवातको […]

Continue Reading

सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता

मकवानपुरको इन्द्रसरोबर स्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ । सोमबार दिउँसो काठमाडौँबाट हेटौँडा तर्फ आउने क्रममा कुलेखानी ड्याम मुनिको सिमखोलाको बाढीले बगाएर हराएको उक्त स्कुटर फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी कुलेखानी काठमाडौँ मार्ग अन्तर्गत इन्द्रसरोबर–२ मा अवस्थित सिमखोलाको लच्कामा आएको बाढीकाे उच्च बहावले स्कुटर […]

Continue Reading

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका छोरा मोजताबा खमेनी सैन्य कारबाहीपछि ‘९० प्रतिशत निष्क्रिय’ भएको दाबी गर्दै इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताएका छन् । यो दाबी अमेरिकाले हर्मुज जलघाँटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने घोषणा गरेसँगै सार्वजनिक भएको हो । फक्स […]

Continue Reading

धरान विद्युत् कार्यालयको गाडी दुर्घटना, दुईको मृत्यु

नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको  सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको हाे  । धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले […]

Continue Reading

मौसम बदलीसँगै देशभर विपद्को जोखिम

मनसुनजन्य विपद्को सम्भावित जोखिम बढ्दै गर्दा संघीय सरकार विपद् प्रतिकार्य, उद्धार तथा राहतजन्य क्रियाकलापका लागि ‘स्ट्याण्डबाइ’ रहे पनि प्रदेश तथा स्थानीय सरकार अलमलमै छन् । संघीय सरकार ‘स्ट्याण्डबाइ’, प्रदेश र स्थानीय अलमलमै मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम बढ्न थालेसँगै गृह मन्त्रालयले देशैभरका प्रदेश तथा स्थानीय सरकारलाई सम्भावित […]

Continue Reading

त्रिभुवन, भीमफेदी, कुलेखानी र कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक

मकवानपुरको विभिन्न गाउँपालिका क्षेत्रमा अविरल वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो जानसक्ने सम्भावना बढेको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनामा त्रिभुवन राजपथको दामन पालुङ हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका सवारीसाधनलाई आज साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्मका लागि सञ्चालनमा रोक लगाएको जनाइएको छ । हेटौँडास्थित चौकीटोलबाट जिल्ला प्रहरी […]

Continue Reading

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश क्षेत्रमा बदली रही चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह […]

Continue Reading