बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कालिकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।दुर्घटनामा गम्भीर घाइते भएका चालकको पनि उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-७ का २२ वर्षीय जिप चालक योगेश सिम्खडाको उपचारका क्रममा मृत्यु भएको छ। उनलाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यसअघि सोही दुर्घटनामा सान्नीत्रिवेणी-६ का ४१ वर्षीय रने सार्कीको घटनास्थलमै मृत्यु भएको थियो। कालिकोटबाट बिरामी लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका-१ काफलतोलीमा दुर्घटनामा परेको थियो।

उक्त जिपमा सान्नीत्रिवेणी-६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित उनका आफन्तहरू सवार थिए। दुर्घटनामा घाइते भएका ६ जनामध्ये चालकसहित दुई जनाको ज्यान गएको हो। बिरामी कैलीसहित अन्य चार जना घाइतेको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ.।

Leave a Reply

Your email address will not be published. Required fields are marked *