फ्रान्सको दंगाबारे गलत सूचना फैलाउँदै रुस र इजरायल : ईयू

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गत महिना फ्रान्समा भड्किएको दंगालाई प्रयोग गर्दै रुस, अमेरिकाको ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) अभियान र इजरायलसँग जोडिएका सामाजिक सञ्जाल खाताहरूले भ्रामक तथा वैमनस्यपूर्ण प्रचार फैलाएको आरोप युरोपेली युनियन (ईयू) ले लगाएको छ । 

युरोपेली संघ  र फ्रान्सेली विदेश मन्त्रालयका गोप्य प्रतिवेदनहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार विदेशी शक्तिहरूले फ्रान्सको आन्तरिक अशान्तिलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेका हुन्।

ईयूको विश्लेषण अनुसार अपरेसन ओभरलोड नाम दिइएको रुसी सञ्जालले फ्रान्सेली नागरिकहरूलाई लक्षित गर्दै पश्चिमा सञ्चारमाध्यमको भेषमा झूटा भिडियोहरू फैलाएको थियो ।

ती सामग्रीमा अनियन्त्रित आप्रवासन, प्रदर्शनकारीमाथि बलात्कार र आतंकवादी आक्रमणको त्रास देखाउँदै फ्रान्सेली नेतृत्वलाई कमजोर र निरंकुश चित्रण गर्ने प्रयास गरिएको थियो। यद्यपि, यी सञ्जालले दंगा सुरु गराएको नभई परिस्थितिको फाइदा मात्र उठाएको प्रतिवेदनमा उल्लेख छ।

फ्रान्सेली प्रतिवेदन अनुसार रुसी एकाउन्टबाट गरिएका शीर्ष १० पोस्टहरूले २८ लाख भ्युज पाउँदा अमेरिकी ‘मागा’ समर्थक र इजरायली अधिकारी तथा प्रभावशाली व्यक्तिहरूसँग जोडिएका एकाउन्टहरूले त्योभन्दा बढी प्रभाव पारेका थिए।

सोही अवधिमा ‘मागा’ सम्बद्ध एकाउन्टका पोस्टले ४ करोड ९० लाख र इजरायली सम्बद्ध पोस्टले ३ करोड ५० लाखभन्दा बढी भ्युज पाएका थिए। ती पोस्टहरूमा फ्रान्सको हिंसालाई कट्टरपन्थी इस्लाम र बसाइँसराइसँग जोडिएको थियो।

विज्ञहरूका अनुसार यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउँछन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विरोध प्रदर्शन पछाडि प्रत्यक्ष विदेशी हस्तक्षेप नदेखिए पनि सूचनाको भ्रामक हेरफेर भने भएको पुष्टि गरेका छन्। रुस र इजरायलले भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

रोयटर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *