भारतमा दीपावलीको रात आगलागीका घटना : १८ जनाको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारतमा दीपावलीको रात भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् । आइतबार राति भएका घटनामा मध्यप्रदेशका सिओनी र कटनी जिल्ला तथा महाराष्ट्रको धाराशिव जिल्ला प्रभावित भएका हुन् । स्थानीय प्रहरीले सोमबार घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार मध्यप्रदेशको सिओनी जिल्लामा तीनतले घरमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

त्यस्तै, मध्यप्रदेशकै कटनी जिल्लामा बहुतले भवनभित्र रहेको भाँडाकुँडा पसलमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ । आगलागीको कारण खुलेको छैन ।

महाराष्ट्रको धाराशिव जिल्लामा भएको तेस्रो घटनामा पनि एउटै परिवारका छ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेका बेला आगो फैलिएपछि निस्किएको धुवाँका कारण अक्सिजनको कमी भई उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *