तिहार शुरूः आज पहिलाे दिन काग तिहार

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भएको पहिलाे दिन आज कागतिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिन कागको सम्मान गर्दै पूजा गर्ने र मिठा परिकार खान दिने परम्परा छ । कागतिहारका दिन कागलाई खान नदिई आफूले खानु राम्रो मानिँदैन ।

त्यसैले बिहानको पहिलो खाना वा प्रसाद कागका लागि घरको अग्लो ठाउँ, पर्खाल वा छतमा राखेर कागलाई बोलाइन्छ र अर्पण गरिन्छ । धार्मिक विश्वास अनुसार कागलाई मृत्युका देवता यमराजको दूत वा सन्देशवाहक मानिन्छ । कागले पृथ्वीलोकमा भएका राम्रा नराम्रा घटनाहरूको जानकारी यमराजसम्म पुर्‍याउने जनश्रुति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *