मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका  विनोद पराजुलीले  आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै  यहाँका  नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् । उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन […]

Continue Reading

परीक्षण सञ्चालनको पूर्वसन्ध्यामा सुरुङमार्गभित्र दौड तथा पदयात्रा

काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्गमा शनिबार ‘नागढुङ्गा टनेल फन रन एन्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ । आगामी साउन ११ गतेदेखि सुरुङमार्गको परीक्षण सञ्चालनको तयारी भइरहेका बेला सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा सुरुङभित्र दौड तथा पदयात्रा कार्यक्रम गरिएको हो । सडक विभागका अनुसार सुरुङमार्गको […]

Continue Reading

निजी क्षेत्रको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

भारतको पहिलो निजी क्षेत्रले निर्माण गरेको ‘अर्बिटल रकेट’ले शनिबार आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिरहेको भारतका लागि ठूलो उपलब्धि हो । ‘स्काईरुट एरोस्पेस’ले निर्माण गरेको विक्रम-१ रकेटले सानो उपग्रहलाई पृथ्वीको सतहबाट दुई हजार किलोमिटर टाढा वा तल्लो कक्षमा पुर्याउने लक्ष्य राखेको छ । यो रकेट […]

Continue Reading

पीडाबिच खेल्दै इङ्ग्ल्यान्ड र फ्रान्स

विश्वकप फुटबलमा तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा कुनै पनि टिमले खेल्न नचाहने खेल हो । फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीडाबिच दुई टिमले तेस्रो स्थानको खेल्ने गर्दछ । यस पटक फाइनलमा पुग्न असफल भएपछि शारीरिक र मानसिक रूपमा थकित फ्रान्स र इङ्ग्ल्यान्डबिच शनिबार राति कांस्य पदकका लागि प्रतिस्पर्धा हुँदै छ । स्पेनसँग सेमिफाइनलमा २–० ले हार्नुअघि […]

Continue Reading

अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको अमेरिकी दाबी ‘पूर्ण कपोलकल्पित’ : चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोल कल्पित’ भएको भन्दै यसको खण्डन गरेको छ । ‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दाबीलाई पुनः जीवित गर्नुभएको छ । धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा […]

Continue Reading

सोह्र बेलिब्रिज तयार

बाढीपहिरो र विपत्का कारण खोलामा पर्ने पुल बगाएर सडक सञ्जाल अवरुद्ध भए तुरुन्तै जोड्न बेलिब्रिज तयार पारिएको छ । सडक विभाग, पुल महाशाखा अन्तर्गतका विभिन्न सडक डिभिजन कार्यालयमा दस वटा बेलिब्रिज तयारी अवस्थामा राखिएका हुन् । यी बेलिब्रिज आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि जडान गर्न सकिने छ । सडक विभाग पुल महाशाखा प्रमुख  ई. ललिजन खनालले कानुन अनुसार […]

Continue Reading

बाढीपहिरोले राजमार्ग प्रभावित

देशभर सक्रिय मनसुनका कारण बाढीपहिरो, चट्याङ र सर्पदंशका घटना बढ्दै जाँदा जनजीवन थप प्रभावित बनेको छ । अविरल वर्षाका कारण बाढी र पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बनेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन आवागमनमा कठिनाइ उत्पन्न भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मेची राजमार्ग र […]

Continue Reading

नागढुङ्गा सुरुङमार्ग सञ्चालन तयारी

बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको साउन ११ गते उद्घाटन हुने भएको छ । निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङमार्गको उद्घाट्न साउन ११ गते गर्ने गरी तयारी भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्गको सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालन तयारी भइरहेको बताए  । उनले साउन ११ गते उद्घाटन […]

Continue Reading

आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राती र आइतबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज राति देशका पहाडी भूभाग, कोशी, […]

Continue Reading

भारतले सञ्चालनमा ल्यायो हाइड्रोजन रेल

भारतले पहिलो ‘हाइड्रोजन रेल’ सञ्चालनमा ल्याएको छ  ।  प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेल्वे स्टेसनबाट पहिलो ‘हाइड्रोजन रेल’ को उद्घाटन गरेका हुन् । उक्त रेलको नाम ‘नमो ग्रिन रेल’ राखिएको छ । उक्त रेल प्रारम्भिक रूपमा हरियाणाको जिन्द–सोनीपत ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ  । उक्त रेलमार्गमा जिन्द, गोहाना र सोनीपतसहित विभिन्न स्टेशन तथा हल्टमा सेवा प्रदान दिनेछ । हाइड्रोजनबाट […]

Continue Reading