पोखराविरुद्ध टस जितेर काठमाडु पहिले बलिङ गर्दै

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको लिग चरणको २८औँ तथा अन्तिम खेलमा काठमाडु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडुका कप्तान करण केसीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो । टस हारेपछि पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्नेछ ।

आजको खेलमा जित निकाले काठमाडु गोर्खाजले क्वालिफायरमा स्थान बनाउने सम्भावना कायम राख्नेछ । काठमाडुले छ खेलबाट चार जित र दुई हारसहित आठ अङ्क जोडेको छ । टोली हाल अङ्कतालिकाको तेस्रो स्थानमा रहेको छ ।

दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको १० अङ्क छ । पोखरा एभेन्जर्स भने छ खेलबाट एक जित र पाँच हारसहित दुई अङ्क जोडेर अङ्कतालिकाको पुछारमा रहेको छ ।

लिग चरणको अन्तिम खेल भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण रहेको छ । काठमाडु जितसहित प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा रहँदा पोखरा प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्ने प्रयासमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *