काठमाडौँको गौरीघाटमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठपर्वको मुख्य दिन षष्ठी तिथि अर्थात् आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति जाग्राम बसेर भाेली सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतको समापन हुने छ ।
व्रतालु परिवारका सदस्य र आफन्तसहित नदी, पोखरी, तलाउ तथा अन्य जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ ।
