मुगुमा भएको जिप दुर्घटनामा काठमाडौंका तीन जनाको मृत्यु

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

मुगुमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  मुगु छायानाँथ रारा नगरपालिका–७ टोप्ला स्थित ताल्चा रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको हाईलक्स जिप आइतबार दिउँसो दुर्घटना भएको हो ।

बा १७ च १८६४ नम्बरको हाईलक्स गाडी अचानक सडकबाट अन्दाजी ६०० मिटर तल खस्दा दुर्घटना भएको जिप्रका मुगुले जनाएको छ।  दुर्घटनामा काठमाडौंका तीन जनाको मृत्यु भएको छ ।

काठमाडौं कलंकीका ५० वर्षिय विजय बस्नेत, ५४ वर्षिय रमेश बिडारी र ५० वर्षिय पूर्णबहादुर थापाको मृत्यु भएको हो । त्यस्तै, ललितपुरकी ५४ वर्षिय अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् ।

उनीहरू रारा जाँदै थिए। उक्त जिप ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए । घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको डिएसपी रविराज थपलियाले बताए। चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *