विश्वकप अन्तिम १६: फ्रान्सलाई चुनाैती दिँदै पाराग्वे

विश्वकप फुटबलको अन्तिम १६ चरण सुरु हुँदै गर्दा शनिबार फिलाडेल्फियामा हुने खेलमा फ्रान्सले पाराग्वेविरुद्ध खेल्दा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भएको छ । स्थानीय समय अनुसार साँझ ५:०० बजे लिङ्कन फाइनान्सियल फिल्डमा हुने खेलमा तापक्रम करिब ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान अमेरिकी राष्ट्रिय मौसम सेवाले गरेको छ । भीषण गर्मीको चेतावनीका बीच प्रतियोगितामा खेलाडीको शारीरिक अवस्था […]

Continue Reading

केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी खेलमैदानमा  सम्पन्न राउन्डअफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि ३–२ को जीत निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए  । अर्जेन्टिनाले खेलको […]

Continue Reading

ड्रोन उडाएको आरोपमा चीनको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा

नेपाल–चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा शुक्रबार रिहा भएका छन्। चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई शुक्रबार तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिना र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बीओपी) तातोपानीका प्रहरी निरीक्षक लिलाराम फुन्जेलसहित अन्य प्रशासन प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएका हुन्। अध्यागमन […]

Continue Reading

क्रोएसियालाई २-१ले पराजित गर्दै पोर्चुगल राउन्ड अफ १६ मा प्रवेश

विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो। पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। ‌खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका थिए। खेलको […]

Continue Reading

गोरखामा भेटियो गोरखा दरबारभन्दा पुरानो मल्लकालीन मन्दिरको भग्नावशेष

गोरखामा गोरखा दरबारभन्दा पुरानो(मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका-१० छेपेटारमा पुरातत्व विभागले दुईवर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो। भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद यमुना महर्जनले जानकारी दिइन्। इँटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, घेराबार र […]

Continue Reading

अमेरिका, बेल्जियम र इग्ल्यान्ड अन्तिम १६ मा

बुधबार राति र बिहीबार बिहान भएका खेलहरुमा अमेरिका, बेल्जियम र इग्ल्यान्ड विजयी भएका छन् । बिहीबार बिहान भएको खेलमा अमेरिकाले बोसेनियालाई २–०, बेल्जियमले सेनेगललाई ३–२ र इग्ल्यान्डले डिआर कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार बिहान भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित […]

Continue Reading

बोस्नियाको सामना गर्दै अमेरिका

सह–आयोजक अमेरिकाले विश्वकप २०२६ को अन्तिम ३२ को चरणमा आज बिहीबार बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्दैछ । खेल सान फ्रान्सिस्को बे एरिया स्टेडियममा हुँदैछ । अमेरिका लगातार चौथो पटक विश्वकपको नकआउट चरणमा खेल्दैछ । तर अमेरिकालाई लगातार चौथो पटक नकआउट चरणको पहिलो खेलमै हार बेहोर्ने डर पनि रहने छ । लिग चरणमा अमेरिकाले समूह ‘डी’को विजेता […]

Continue Reading

एन्फा निलम्बनका कारण नेपालले गुमायो तीन प्रतियोगिता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपालले तत्काललाई तीन अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले बुधबार फिफाले एन्फा महासचिव किरण राईलाई सम्बोधन गरेको पत्र सार्वजनिक गरेका हुन्। फिफाले गत ११ असारमा एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो। शाहले सार्वजनिक गरेको पत्र ११ असार (निलम्बन पछि)को रहेको छ। शाहले त्यही […]

Continue Reading

विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे  । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्नुहुँदै खेल बराबरीमा ल्याए  । […]

Continue Reading

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्नुभयो भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्नुभयो । अब अन्तिम १६ मा फ्रान्सले […]

Continue Reading