कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनल’मा

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा बुधबार भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै  क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्वीट्जरल्यान्डको जितमा […]

Continue Reading

अर्जेन्टिनाको रोमाञ्चक जित

इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार  भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको  १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले […]

Continue Reading

अर्जेन्टिना र इजिप्ट पहिलाे पटक विश्वकपमा भिड्दै

सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा हालसम्म अपराजित रहेको साविक विजेता अर्जेन्टिनाले इजिप्टको सामना गर्दैछ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन् र उनले यो विश्वकप खेलमा ७ गोल गरेका छन् ।यही लयलाई निरन्तरता दिँदै मेस्सी आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । यो खेल आज राति नेपाली समय […]

Continue Reading

अमेरिकालाई हराउँदै बेल्जियम अन्तिम आठमा

फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ । बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे  भने हान्स […]

Continue Reading

महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ

ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरि गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा सरकारका एक अधिकृत पक्राउ परेका छन्।सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर […]

Continue Reading

पोर्चुगल-स्पेन विश्वकपमा आज भिड्दै

क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा स्पेनको सामना गर्दैछ । यी दुई टोलीबीच अन्तिम पटक सन् २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो, जुन खेल ३–३ को बराबरीमा टुंगिएको थियो, उक्त खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगिज स्ट्राइकर रोनाल्डो उत्कृष्ट लयमा छन् र उनले यस प्रतियोगितामा हालसम्म ३ गोल गरिसकेका छन्। […]

Continue Reading

भारतीय पर्यटकका गाडी नाकामै रोकिएपछि ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा

सशस्त्र प्रहरीले गत शुक्रबारदेखि नाकामै भारतीय पर्यटकका सवारीसाधन रोक्न थालेपछि मधेस प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र पर्साको ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको छ। यसअघि ठोरीमा निर्वाध प्रवेश गर्दै आएका भारतीय पर्यटकका सवारी साधनलाई सशस्त्र प्रहरीले माथिको आदेश भन्दै नाका क्षेत्रमै रोक्न थालेपछि त्यहाँको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको हो। ठोरीको ठुटे खोला पुल […]

Continue Reading

ह्रयारी केन, भविष्यवाणी र उचाइमा खेल्नुपर्ने चुनौती

मेक्सिको सिटीको आँधीबेहरीयुक्त रातमा नकआउट चरणको खेलमा इक्वेडरविरूध्द गरिएको २ गोलले मेक्सिकोको ४० वर्ष लामो विश्वकप नकआउट जितको अभिशाप तोड्यो। त्यसपछि देशभरका १० लाखभन्दा बढी मेक्सिकन समर्थक सडकमा उत्रिएर उत्सव मनाए । सन् २०२६ को फिफा विश्वकपमा मेक्सिकोको अर्को प्रतिद्वन्द्वी इंग्ल्यान्ड हुने घोषणा भएपछि उत्साह झन् बढ्यो। अब प्रतिष्ठित एज्टेका रंगशालामा अन्तिम १६ (राउन्ड अफ […]

Continue Reading

विश्वकप २०२६ : क्यानडालाई पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा

ह्युस्टन — अजेडिन ओउनाहीले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा मोरक्को विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ । मोरक्कोले शनिबार सहआयोजक क्यानडालाई अमेरिकाको डालासमा भएको खेलमा ३–० ले पराजित गर्‍यो । पहिलो हाफमा क्यानडाले एकोहोरो आक्रामण गरे पनि दोस्रो हाफमा मोरक्कोले खेल पल्टाएको थियो । अचरफ हाकिमीको फ्रिकिक पासमा ओउनाहीले ५० औं मिनेटमा […]

Continue Reading

पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटर फाइनलमा

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वाटर फाइनल प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा फ्रान्सले पराग्वेलाई १-० ले पराजित गरेको हो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा फ्रान्सका कप्तान केलियन एम्बापेले खेलको ७० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रतामा ल्याएका थिए। यही […]

Continue Reading