विश्वकपमा पहिलो पटक भिड्दै इङ्ग्ल्यान्ड र नर्वे

इङ्ग्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको ६० वर्ष पुगिसकेको छ । विश्व फुटबलमा बलियो राष्ट्र इङ्ग्ल्यान्डले सन् १९६६ मा जितेको सो विश्वकप अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन । इङ्ग्ल्यान्ड यसपालि विश्वकप उपाधिको पर्खाइलाई समाप्त पार्ने दाउमा छ तर सो गौरव दोहर्याउन इङ्ग्ल्यान्डले अब […]

Continue Reading

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए […]

Continue Reading

नेपालले भारत ‘ए’ टोलीसँग त्रिवि मैदानमा टी–२० सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी–२० सिरिज आयोजना गरिनेछ। यो सिरिजको टुंगो स्कटल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा भएको नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट […]

Continue Reading

सरकारले दिन सकेन मल, आफैं ल्याउँदा पक्राउ पर्छन् किसान

सर्लाहीको बलरा–५ का दुई किसान ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंहले गत १७ असारमा सीमापारि सीतामढी जिल्लाको सोनवर्षा बजारबाट रासायनिक मल किनेर ल्याउँदै थिए । उनीहरूलाई कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को टोलीले बाटैमा पक्राउ गर्‍यो । आरोप लगायो– मल तस्करको । पक्राउपछि सिंह दाजुभाइलाई सोनवर्षा थानामा बुझाइयो । अहिले उनीहरूलाई सीतामढी जिल्लाको डुमरा […]

Continue Reading

सन्तान जन्माउने प्रतिस्पर्धामा अर्बपति इलोन मस्कदेखि टेलिग्रामका संस्थापक पाभेल डुरोभसम्म

विश्वका विकसित मुलुकहरूमा जन्मदर ऐतिहासिक रूपमा घटिरहेका बेला केही अर्बपतिहरू भने आधुनिक प्रविधि र अपार सम्पत्तिको सहारामा धेरैभन्दा धेरै सन्तान जन्माउने होडमा लागेका छन्। यस प्रवृत्तिलाई अहिले किडम्याक्सिङ नाम दिइएको छ। किडम्याक्सिङ भन्नाले आफ्ना सन्तानको संख्या बढाएर शक्ति, प्रभाव, वंश र भविष्यमा आफ्नो उपस्थिति विस्तार गर्ने सोचलाई जनाउँछ। एकातिर सामान्य परिवारहरू सन्तान जन्माउन वा आईभीएफ […]

Continue Reading

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

क्लियन एम्बाप्पे र ओस्मान डेम्बेलेले १–१ गोल गरेपछि फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। आज शुक्रबार बिहान बोस्टनमा रहेको गिलेट स्टेडियममा भएको खेलमा एम्बाप्पेले ६०औँ मिनेटमा प्रतियोगिताको आफ्नो आठौँ गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि डेम्बेलेले अर्को गोल थपेर फ्रान्सको जित सुनिश्चित गरे। यस जितसँगै सन् २०१८ को विश्वकप […]

Continue Reading

विश्वकप फुटबल: पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुआत आज फ्रान्स र मोरक्कोबीचको रोमाञ्चक प्रतिस्पर्धाबाट हुँदैछ। नेपाली समयअनुसार खेल राति १:४५ बजे सुरु हुनेछ। सन् २०२२ विश्वकपको सेमिफाइनलको पुनरावृत्तिका रूपमा रहेको यस खेलमा दुवै टोली सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। विजेता टोली उपाधिबाट दुई जितको दूरीमा पुग्नेछ। फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै […]

Continue Reading

बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा इयूको कडाइ

युरोपेली सङ्घ (इयू)ले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्ने तयारी गरेको छ । अर्को साता सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने सिफारिस गर्ने अपेक्षा गरिएकाले यसै गर्मी यामदेखि नयाँ व्यवस्था लागु हुने सम्भावना बढेको छ । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने […]

Continue Reading

विश्वकप क्वार्टरफाइनल : यस्तो छ स्टार खेलाडीहरूको भिडन्त र रोमाञ्चक समीकरण

४८ टोलीको ऐतिहासिक सहभागिता रहेको फिफा विश्वकप २०२६ अब रोमाञ्चक मोडमा पुग्दै अन्तिम आठ अर्थात् क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ। उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोमा जारी यस महाकुम्भको दुई हप्ता लामो तीव्र प्रतिस्पर्धापछि ४० राष्ट्रहरू प्रतियोगिताबाट बाहिरिएका हुन्। सह-आयोजक तीनै टोली बाहिरिएपछि अब विश्वकपको उपाधि दौड केवल युरोप, दक्षिण अमेरिका र अफ्रिकाका […]

Continue Reading

रातो कार्ड विवाद : विश्वकपको प्रतिष्ठामै प्रश्न

फुटबलका नेतृत्वकर्ताले विश्वकपको प्रतिष्ठामै प्रश्न उठेको भन्दै मंगलबार निराशा पोखेका छन् । विश्व फुटबलको आधुनिक इतिहासमा यत्तिको खराब दिन कहिल्यै नआएको थिएन भनेर प्रतिक्रिया अगाडि आएका छन् । विवादको केन्द्र थियो, अमेरिकी राष्ट्रपतिले गत साता फिफा प्रमुख जियानी इन्फाटिनोलाई फोन गर्नु र आफ्ना खेलाडी फ्लोरिन बोलोगनको प्रतिबन्ध हटाउन भन्नु । यसअघिको खेलमा रातो कार्ड खाएको हुनाले बेल्जियमविरुद्धको खेलमा […]

Continue Reading