भाइटीकाको अन्तिम तयारी

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भाइटीकाको  अन्तिम तयारी घर-घरमा भइरहेको छ । यस वर्षको तिहारको महत्वपूर्ण दिन भाइटीका भोलि बुधबार हर्षोल्लासका साथ मनाइदैछ । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको मङ्गलकामना गर्दै सप्तरङ्गी टीका लगाएर पूजा गर्ने नेपाली परम्परागत चलन छ ।

यमपञ्चकको अन्तिम दिन  टीकासँगै सयपत्री र मखमली फूलको माला लगाइदिँदा दाजुभाइले आरोग्यतासँगै दीर्घायु प्राप्त गर्ने मान्यता रहेको छ । भाइटिकाको सर्जाम जुटाउन आज साँझसम्म देशका प्रमुख तथा स्थानीय बजारमा आम नागरिकको घुइँचो लाग्यो ।

सोही क्रममा काठमाडौँ उपत्यकाको सबैभन्दा पूरानो थानकोट बजारमा पनि रातिसम्म चलायमान बन्यो । दिदीबहिनीले टीका लगाउन पूजा सर्जामसहित फलफूल, थरीथरीका मिठाई, भाईमसला, सेलरोटीको जोहोसमेत थानकोट बजारमै गरे । टीकासँगै लगाउने फूलका माला, ढाका टोपीमा पनि दिदीबहिनीको आकर्षण बढेको देखिन्थ्यो ।

उपत्यका प्रवेश गर्ने मार्गमै रहेको बजार भएकाले माथिल्लो धादिङ क्षेत्रका बासिन्दा पनि थानकोटसम्म किनमेलका लागि आउने गर्छन । साथै चन्द्रागिरि र आसपासका काँठ क्षेत्रबाट पनि स्थानीय बजारमा  आउने गरेका छन् ।  आसपासका सतुङ्गल, गुर्जुधाराका साना बजारमा पनि किनमेल गर्नेको  निकै भीड लाग्यो ।

काठमाडौँको असन बजार, ललितपुरको मङ्गलबजार र भक्तपुरको ठिमी, दरबारक्षेत्र लगायतका बजारमा यसैगरी भाइटीकाको किनमेल भएको स्थानीयहरूले बताउनुभएको छ ।

साभारः गाेरखापत्र  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *