बार्सिलोनालाई तीन अंकको अग्रता

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फेरमिन लोपेजको दुई गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई २–१ ले पराजित गरेको छ र शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ ।

यो नतिजापछि बार्सिलोनाको १२ खेलबाट ३३ अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ३० अंकसहित दोस्रो स्थानमा छ । एटलेटिको भने २८ अंकमा सीमित रहेर तेस्रो स्थानमा छ ।

एटलेटिकोले जुलियानो सिमोनीको गोलमा दसौं मिनेटमा अग्रता लिएको थियो । मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा २३ वर्षीय स्पेनी खेलाडी लोपेजले ४५ र ६६ औं मिनेटमा गोल गरे ।

आइतबारका अन्य खेलमा चौथो स्थानमा रहेको रियल बेटिसले एल्चेलाई २–० ले हरायो भने पाँचौं स्थानको रियल सोसिडाड रायो भालेकानोलाई १–० ले पराजित गर्न सफल रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *