दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति ओलीको आपत्ति

दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्। नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै आपत्ति जनाएका हुन्। उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए। […]

Continue Reading

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी करिब ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षका एक पुरुषको मृत्यु भएको छ। दुवै जनालाई उपचारका लागि जिल्ला […]

Continue Reading

छठ पर्व : मधेश प्रदेशमा अर्थतन्त्र चलायमान

सप्तरीसहित मधेश प्रदेशभरि छठ पर्वको रौनक छाएको छ । सूर्यदेव र छठी माताको आराधनामा हजारौँ व्रतालु जुटिरहेका बेला पर्वले कृषि उत्पादनको बिक्री र स्थानीय व्यापारलाई गति दिएको छ । तर, छठको अवसरमा केरा, नरिवललगायत पूजासामग्रीको मूल्यमा मनपरी हुँदा बजार अनुगमन प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । सप्तरीका विभिन्न पोखरी, तालतलैया, नदी तथा जलाशय गरी […]

Continue Reading

वैकल्पिक ऊर्जा अनुदानमै सीमित

वैकल्पिक तथा नवीकरणीय ऊर्जाको पहुँच विस्तार भए पनि राष्ट्रिय ऊर्जा खपतमा यसको योगदान निकै न्यून देखिएको छ । नवीकरणीय ऊर्जा क्षेत्रलाई बलियो बनाउने गरी स्थापना गरिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रलाई तीन दशक पूरा भए पनि दायरा सीमित हुँदा यो बलियो विकल्प बन्न नसकेको पाइएको छ । वैकल्पिक ऊर्जा प्रवर्र्धन केन्द्र (एइपिसी) को तीन दशकको उपलब्धिसम्बन्धी प्रतिवेदन अनुसार […]

Continue Reading

पाँच वर्षमा तेह्र हजारले सवारी दुर्घटनामा ज्यान गुमाए

देशभर पछिल्लो पाँच वर्षमा भएका एक लाख २९ हजार ७४१ सवारी दुर्घटनामा १२ हजार ९९४ जनाले ज्यान गुमाउनुका साथै एक लाख ८७ हजार १९८ जना घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग, ट्राफिक निगरानी, जनचेतना र कानुनी कारबाहीका प्रयास भइरहे पनि दुर्घटना तथा मानवीय क्षति घट्नुको सट्टा पछिल्ला दुई वर्षमा बढ्दै गएको देखिएको छ […]

Continue Reading

फोहोर सङ्कलन अवरोध विवाद : अत्यावश्यक सेवा रोक्न मिल्दैन

राजनीतिक मतभेद र अधिकार क्षेत्रको विवादमा सरसफाइ सेवा अवरुद्ध गर्नु संविधानविपरीत कार्य हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । शीतलनिवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर सङ्कलन नगर्ने काठमाडौँ महानगरपालिकाको तीन वर्षअघिको निर्णयलाई अदालतले नागरिकको मौलिक हकविपरीतको कार्यका रूपमा व्याख्या गरेको छ । २०८२ पुस २१ को फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्चले फोहोरमैला व्यवस्थापनमा तहगत […]

Continue Reading

विश्व मधुमेह दिवसः युवा अवस्थामै मधुमेहकाे जाेखीम बढ्दै

केही वर्षअघिसम्म ५० वर्ष उमेर कटेपछि बढी देखिने मधुमेह पछिल्लो समय युवा अवस्थामै देखिन थालेको छ । वीर अस्पतालको डायबिटिज एन्ड एन्डोक्राइन विभागमा उपचारका लागि आउने बिरामीमध्ये ३० देखि ३५ वर्ष उमेर समूहका करिब २० प्रतिशत रहेको तथ्यले युवामा समेत मधुमेहको जोखिम बढ्दै गएको देखाउँछ । वीर अस्पतालमा मात्र होइन, अन्य स्वास्थ्य संस्थामा समेत युवा […]

Continue Reading

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

गण्डकी प्रदेशको एकमात्र उत्तरी नाका कोरला हुँदै सञ्चालनमा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामै वार्षिक राजश्व लक्ष्यभन्दा बढी रकम संकलन गरेको छ। कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो। मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि […]

Continue Reading

प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सव छठ पर्व

‘केरवा जे फरल घउरस,ओपर सुगा मडराय,मारबौ रे सुगवा धनुषस,सुगा गिरे मुरझाय’ ।   छठ पर्वको यो लोकगीत यतिबेला मिथिलाञ्चलका गाउँसहरमा गुञ्जिरहेका छन् । छठीमातालाई चढाइने पवित्र प्रसाद केरालाई चराचुरुङ्गीले नखाऊन भन्ने भाव बोकेको यस गीतले छठको धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको प्रेमलाई एकसाथ अभिव्यक्त गर्छ । चार दिवसीय छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ । […]

Continue Reading

जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो । प्लेअफको दौडमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण छ । जनकपुर छ खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा छ । […]

Continue Reading