नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो । प्लेअफको दौडमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण छ ।
जनकपुर छ खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा छ । समान चार अङ्क रहेको कर्णाली याक्सले पनि चितवनसँग खेल्न बाँकी छ ।
पाँच खेल खेलेको चितवन पाँच अङ्कसहित अङ्कतालिकामा छ । आजको खेलपछि चितवनले कर्णाली याक्ससँग पनि प्रतिस्पर्धा गर्न बाँकी छ ।
