भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ। प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि मासिक खर्च उपलब्ध गराउने निर्णय भएको छ भने निजी जग्गासँग सरकारी जग्गा साट्ने विषयमा समेत छलफल भइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले कोप-३१ सम्मेलन स्थलमा […]

Continue Reading

एकैदिन ११ हजार बढिले गरे पाथीभरा दर्शन

कात्तिक महिनाको अन्तिम शनिबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीन वर्षयताकै सबैभन्दा धेरै ११ हजार २ सय ७२ जनाले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिबारको संख्याले गत कात्तिक १७ गते मङ्गलबारको अभिलेख तोडेको हो। उक्त दिन १० हजार ६ सय १६ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए। एकैदिन यति धेरै […]

Continue Reading

आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र […]

Continue Reading

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

नेपालबाट चोरी भई विश्वका विभिन्न देशमा पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ। सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा नमुना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजना गरेको महोत्सवको विभिन्न सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले अवलोकन गरेका छन्। महोत्सवबारे जानकारी दिँदै नमुना […]

Continue Reading

आजकाे माैसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ […]

Continue Reading

लिखित परीक्षा नलिई सिधै स्थायी

त्रिभुवन विश्वविद्यालयले लिखित परीक्षा नलिई पहिलो पटक एक सय जना उपप्राध्यापकलाई स्थायी सेवामा नियुक्त गर्ने भएको छ । विश्वविद्यालयको शिक्षण पेसामा विशिष्ट अनुभव बोकेका व्यक्तिलाई आकर्षित गर्ने रणनीति अनुसार यसरी उपप्राध्यापक नियुक्त गर्न लागिएको त्रिविले जनाएको छ । उपप्राध्यापक तहमा लिखित परीक्षा नलिई सिधै स्थायी सेवामा नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । त्रिविका लागि शिक्षक तथा […]

Continue Reading

सांस्कृतिक एकताको प्रतीक बन्दै छठ

तराई मधेशको नदी र तलाउबाट सुरु भएको छठपर्व अहिले पहाडका नदी र हिमालका तालसम्म फैलिँदै छ । छठले राज्यस्तरमा समेत सम्मान र मान्यता पाउन थालेपछि यसको सामाजिक तथा सांस्कृतिक विस्तार थप व्यापक बनेको छ । यो चाड नेपालको सांस्कृतिक तथा भौगोलिक विविधतालाई एकतामा बाँध्ने चाडका रूपमा विकसित हुँदै छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. पासाङ […]

Continue Reading

अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग

अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै आज शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ ।‘अस्ट्रेलिया मार्चेज् – आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’ अन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शन देशका विभिन्न सहरमा हुँदै आएको विरोध कार्यक्रमको अन्तिम चरण हो । आयोजकहरूले आज  दिउँसो १ बजे संसद् भवन अगाडिको फेड् रेसन् महलमा कार्यक्रम आयोजन गरेका थिए । […]

Continue Reading

अब सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई […]

Continue Reading

२७ लाख खर्च गरेर सजाइयो घडीअर्वा छठघाट (तस्बिर)

सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको सबै काम पुरा भएको जानकारी गराए। उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि २७ लाख रुपैयाँ खर्च हुने अनुमान […]

Continue Reading