२७ लाख खर्च गरेर सजाइयो घडीअर्वा छठघाट (तस्बिर)

अर्थ मनराेञ्जन मुख्य समाचार समाचार सुचना/प्रबिधि

सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको सबै काम पुरा भएको जानकारी गराए। उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए। null

टेण्टपण्डाल सजावटमा १२ लाख ५१ ,भिडियो ग्राफीमा ६२ हजार , पुरस्कारमा ७ लाख ५० हजार , सरसफाइमा १ लाख १ हजार रुपैया,सुरक्षा व्यवस्थापनमा ६० हजार रुपैयाँ खर्च हुने समितिका कोषाध्यक्ष गुप्ताले जानकारी गराए।

null

सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार , छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय र घडीअर्वा स्पोर्ट क्लबका ५५ जना स्वंयसेवक परिचालन गरिनेछ। यस्तै छठघाट परिसरभित्र २१ वटा र बाहिर १६ वटा गरी ३८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए। सादा पोशाकमा पनि प्रहरी परिचालन हुने उनले बताए।

यस्तै छठघाटमै प्राथमिक उपचार सेवा केन्द्र स्थापना गरिनुका साथै एम्बुलेन्स र वारुणयन्त्र २४ सै घण्टाका लागि तयारी अवस्थामा राखिएको प्रचार प्रसार उपसमितिका संयोजक प्रणय साहले जानकारी गराए। यस छठघाटमा आइतबार साँझ र सोमबार बिहान गरी १ लाख ५० हजार बढी ब्रतालु र दर्शनार्थीहरु आउने अनुमान गरिएको पनि उनले बताए।nullnull

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *